काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)मा उत्कृष्ट नतिजा हासिल गरी ४ जिपिए ल्याएका विद्यार्थीहरूको लागि जेभियर इन्टरनेशनल कलेज एक प्रमुख आकर्षणको केन्द्र बनेको छ।
गुणस्तरीय शिक्षा, अत्याधुनिक पूर्वाधार, र उत्कृष्ट शैक्षिक वातावरणका कारण काठमाडौंको कालोपुलमा अवस्थित यो कलेज सर्वाेत्कृष्ट जिपिए ल्याउने विद्यार्थीहरूको पहिलो रोजाइ बन्न सफल भएको हो। यस वर्ष एसईईमा ४ जिपिए ल्याएका १७ जनाभन्दा बढी विद्यार्थीहरूले आफ्नो प्लस टु अध्ययनको लागि यस कलेज राेजिसकेका छन् । यो संख्या अझै बढ्दो क्रममा रहेको छ ।
यी हुन् जेभियर इन्टरनेशनल रोज्ने एसईईमा ४ जिपिए ल्याएका विद्यार्थीहरू

यसैबीच कलेजले छात्रवृत्तिसहित कक्षा ११ मा भर्ना हुन चाहने इच्छुक विद्यार्थीहरूका लागि प्रवेश परीक्षा पनि तोकेको छ। उक्त परीक्षा असार ३० गते बिहान १०:०० बजे सञ्चालन हुनेछ।
यो प्रवेश परीक्षा जेभियर इन्टरनेशनल कलेजमा आफ्नो प्लस टु अध्ययनको लागि छात्रवृत्ति सुरक्षित गर्न चाहने विद्यार्थीहरूका लागि महत्त्वपूर्ण अवसर रहेकाे कलेजले जनाएकाे छ । जेभियर इन्टरनेशनलले जेहेन्दार, विपन्न, एसईईमा राम्रो जिपिए ल्याउने तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूका लागि विभिन्न छात्रवृत्ति योजनाहरू प्रदान गर्दछ।
जेभियर इन्टरनेशनल कलेज आफ्नो शैक्षिक उत्कृष्टता र सर्वांगीण विकासका लागि परिचित एक प्रतिष्ठित संस्था हो।
शिक्षामा उत्कृष्टता र नवीनताका लागि प्रतिबद्धता दर्शाउँदै विश्वस्तरका प्रतिष्ठित पुरस्कारहरू प्राप्त गर्न सफल जेभियर इन्टरनेशनलले कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन र मानविकी संकाय पठनपाठन गराइरहेको छ । क्याम्ब्रिज विश्वविद्यालयको सम्बन्धनमा ए लेभलको पनि कोर्स गराउँदै आएको यस शैक्षिक संस्थाले उत्कृष्ट, अनुशासित, जिम्मेवार र नेतृत्वदायी शिक्षाको पहिचान बनाइसकेको र प्रयोगात्मक एवं समयसापेक्ष शिक्षामा जोड दिँदै आएको छ । कलेजले परिवर्तित प्रविधि, पाठ्यक्रम र व्यवहारिक ज्ञानलाई उच्च प्राथमिकतामा राखेको छ ।
कलेजले स्मार्ट क्लासरूम, आधुनिक प्रयोगशाला (साइन्स ल्याब), पर्याप्त खेल मैदान, र स्मार्ट प्रविधिमार्फत ‘स्मार्ट शिक्षक’ हरूद्वारा पठनपाठन गराउने गरेको छ। विद्यार्थीहरूको सोच, चाहना, क्षमता र लक्ष्यअनुसारको शिक्षा प्रदान गर्नमा कलेजले प्राथमिकता दिने गरेको छ। यस कलेज विभिन्न विषयमा नेपाल टप गर्ने विद्यार्थी जन्माउने थलो पनि बनिसकेको छ । यी सबै कारणहरूले गर्दा, एसईईमा ४ जिपिए ल्याउने विद्यार्थीहरूका लागि जेभियर इन्टरनेशनल कलेज उच्च शिक्षाको लागि एक उत्कृष्ट गन्तव्य बनेको छ।





























प्रतिक्रिया