काठमाडौं । रौतहटको जोकाहास्थित बिश्वेश्वरप्रसाद कोइराला आदर्श माध्यमिक विद्यालय मधेश प्रदेशकै उत्कृष्ट सामुदायिक शैक्षिक केन्द्रका रुपमा सम्मानित भएको छ।
विद्यालयले शैक्षिक गुणस्तर, भौतिक पूर्वाधार र विद्यार्थी उपलब्धीमा गरेको प्रगतिको कदर गर्दै केन्द्रबिन्दु डटकमले शुक्रबार आयोजित ‘तेस्रो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’का बीच यो सम्मान प्रदान गरेको हो।
बिश्वेश्वरप्रसाद कोइराला आदर्श माध्यमिक विद्यालयले शैक्षिक सुधारका लागि विभिन्न पहल गर्दै आएको छ। गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि प्रविधिको प्रयोग, अनुभवी शिक्षकको व्यवस्थापन, र अभिभावकसँगको नियमित समन्वय लाई प्राथमिकतामा राखिएको छ। यसका साथै, विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि अतिरिक्त क्रियाकलापमा जोड दिइएको विद्यालय प्रशासनले जनाएको छ।
विद्यालयले भौतिक पूर्वाधारमा पनि उल्लेख्य सुधार गरेको छ। आधुनिक कक्षाकोठा, विज्ञान प्रयोगशाला, पुस्तकालय र खेलकुद मैदानको विकासले विद्यार्थीहरूलाई थप सिक्न उपयुक्त वातावरण मिलेको छ।































प्रतिक्रिया