सल्यानको सारदा जनकल्याण मावि कर्णाली प्रदेशकै उत्कृष्ट

सल्यानको सारदा जनकल्याण मावि कर्णाली प्रदेशकै उत्कृष्ट

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । सल्यानको रामपुरमा अवस्थित ‘सारदा जनकल्याण माध्यमिक विद्यालय’ कर्णाली प्रदेशकै उत्कृष्ट सामुदायिक विद्यालयको रुपमा सम्मानित भएको छ ।

केन्द्रविन्दु अनलाइन मिडिया प्रा.लि.ले ललितपुरमा आयोजना गरेको ‘तेस्रो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’ मा सारदा जनकल्याण उत्कृष्ट विद्यालयको रुपमा सम्मानित भएको हो ।

वि.सं २०८१ सालको एसईईको नतिजाको आधारमा सारदा जनकल्याणलाई उत्कृष्ट विद्यालयको रुपमा सम्मान गरिएको हो । रामपुरको सुन्दर पहाडी परिवेशमा अवस्थित शारदा जनकल्याण मावि सार्वजनिक पहिचान र राष्ट्रिय मान्यतासहितको गुणस्तरीय शिक्षाको प्रतीकको रुपमा स्थापित भएको छ ।

यस विद्यालयमा प्राथमिक तह देखि प्लस टु तहसम्मको अध्ययन अध्यापन हुन्छ । यस विद्यालयमा कक्षाकोठा, पुस्तकालय, विज्ञान प्रयोगशाला, मल्टिमिडिया सुविधा मात्रै होइन, मनोवैज्ञानिक काउन्सिलिङ, खेलकुद, सङ्गीत, नृत्य र सृजनात्मक गतिविधिहरूको पनि व्यबस्था रहेको छ । जसका कारण विद्यार्थीको व्यक्तित्व विकासमा सहयोग पु¥याउने गरेको छ ।

सारदा जनकल्याण केवल विद्यालय होइन, यो उज्यालो भविष्यको बीउ बिउझाएर विद्यार्थीलाई राष्ट्र र मानवताका जिम्मेवार नागरिक बनाउने एउटा प्रेरणादायी स्थल हो । सारदा जनकल्याण माविले शिक्षा मात्र होइन, संस्कार, संस्कृतिको विकास, र समाजमा योगदान गर्ने विशिष्टतामा पर्दछ ।

Logo