बैतडीको ज्ञानेश्वर मावि सुदूरपश्चिमकै उत्कृष्ट विद्यालयको रुपमा सम्मानित

बैतडीको ज्ञानेश्वर मावि सुदूरपश्चिमकै उत्कृष्ट विद्यालयको रुपमा सम्मानित

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । बैतडीको विजयपुरमा अवस्थित ज्ञानेश्वर माध्यमिक विद्यालय सुदूरपश्चिम प्रदेशकै उत्कृष्ट सामुदायिक विद्यालयको रुपमा सम्मानित भएको छ ।

केन्द्रबिन्दु अनलाइन मिडिया प्रा.लि.ले ललितपुरमा आयोजना गरेको ‘तेस्रो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’ मार्फत उत्कृष्ट विद्यालयको रुपमा सम्मानित भएको हो ।

वि. सं २०८१ सालको एसइईको नतीजाको आधारमा ‘ज्ञ्यानेश्वर सेकेन्डरी स्कुल’ लाई उत्कृष्ट विद्यालयको रुपमा सम्मान गरिएको हो । विजयपुरको पहाडी सौन्दर्यमा अवस्थित ज्ञानेश्वर माध्यमिक विद्यालयमा प्राथमिकदेखि १२ सम्म मानविकी र शिक्षामा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ ।

समर्पित शिक्षक र व्यवस्थापनका सहजता, आधुनिक पूर्वाधार र विद्यार्थीहरूको उत्साहपूर्ण सहभागिताले शिक्षण संस्थालाई एक उत्कृष्ट केन्द्र बनाएको छ । यहाँ शिक्षा मात्र होइन—संस्कार, ज्ञान र नेतृत्व तयार गर्ने वातावरण निर्माण गरिएको छ, जसले विद्यार्थीलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय मञ्चमा राज्यका जिम्मेवार प्रतिनिधि बन्न प्रेरित गर्ने गर्दछ ।

Logo