विश्व निकेतन मावि बागमती प्रदेशकै उत्कृष्ट सामुदायिक शैक्षिक केन्द्रका रूपमा सम्मानित

विश्व निकेतन मावि बागमती प्रदेशकै उत्कृष्ट सामुदायिक शैक्षिक केन्द्रका रूपमा सम्मानित

केन्द्रबिन्दु
357
Shares

काठमाडौं । त्रिपुरेश्वरमा अवस्थित विश्व निकेतन माध्यमिक विद्यालय बागमती प्रदेशकै उत्कृष्ट सामुदायिक शैक्षिक केन्द्रका रूपमा सम्मानित भएको छ।

केन्द्रबिन्दु डटकमले शुक्रबार आयोजना गरेको ‘तेस्रो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’ कार्यक्रमकाबीच विद्यालयले शैक्षिक उत्कृष्टता, भौतिक पूर्वाधारको विकास, र विद्यार्थीको सर्वाङ्गीण विकासमा पु-याएको योगदानको कदर गर्दै यो सम्मान प्रदान गरिएको हो।

विश्व निकेतन माविले गुणस्तरीय शिक्षालाई प्राथमिकतामा राख्दै आएको छ। विद्यालयले नवीन शिक्षण विधि, प्रविधिको प्रयोग, र शिक्षकहरूको निरन्तर पेसागत विकास मा जोड दिएको छ। यसका साथै, विद्यार्थीहरूको शैक्षिक उपलब्धि वृद्धि गर्न र उनीहरूलाई प्रतिस्पर्धी बनाउनका लागि अतिरिक्त क्रियाकलापहरूमा पनि विशेष ध्यान दिइएको छ।

विद्यालयले आफ्नो भौतिक पूर्वाधारलाई पनि आधुनिकीकरण गरेको छ। राम्रो व्यवस्थापन भएका कक्षाकोठाहरू, सुसज्जित प्रयोगशालाहरू, पुस्तकालय, र खेल मैदानको विकासले विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा जोड दिएको छ ।

काठमाडौंको मुटुमा रहेको विश्व निकेतन माविले प्राप्त गरेको यो सम्मानले बागमती प्रदेशभरिका अन्य सामुदायिक विद्यालयहरूलाई पनि गुणस्तरीय शिक्षा प्रदान गर्न र शैक्षिक स्तर उकास्नका लागि थप प्रेरणा प्रदान गर्ने विश्वास गरिएको छ।

Logo