काठमाडौं । काठमाडौंको डिल्लीबजारमा रहेको ट्रिनिटी इन्टरनेशनल सेकेण्डरी स्कुल एण्ड कलेजले ‘बेष्ट एकेडेमिक इन्भाइरन्टमेन्ट अवार्ड –२०८२’ प्राप्त गरेको छ ।
केन्द्रबिन्दु डटकमले शुक्रबार आयोजना गरेको एक विशेष कार्यक्रमकाबीच लामोसमयदेखि विद्यार्थीप्रति पूर्ण समर्पित शैक्षिक कार्यक्रम अँगालेको ट्रिनिटी इन्टरनेशनललाई ‘बेष्ट एकेडेमिक इन्भाइरन्टमेन्ट अवार्ड –२०८२’ प्रदान गरिएको हो ।
ट्रिनिटीले शिक्षा क्षेत्रमा पुर्याएको योगदानको उच्च सम्मान गर्दै केन्द्रबिन्दुले उक्त अवार्ड प्रदान गरेको हो ।
नेपालमा गुणात्मक शिक्षा र क्याम्ब्रिज ए लेभलका लागि प्रमुख शिक्षण संस्थाको छवी बनाएको ट्रिनिटी इन्टरनेशनल एसईईपछि विद्यार्थीहरुका लागि निर्विकल्प रोजाईमा पर्ने गरेको छ ।
सहज वातावरण, अत्याधुनिक पूर्वाधार तथा अनुभवी र योग्य प्राध्यापकका कारण ट्रिनिटीले विद्यार्थी आवश्यकताहरू र शैक्षिक सहयोगलाई समन्वयका साथ सुनिश्चित गरेको छ । ट्रिनिटीले विद्यार्थीलाई युग सुहाउँदो पाठ्यक्रमसँगै एक सय ५० भन्दा बढी अतिरिक्त गतिविधिमा संलग्न गराउँछ । ट्रिनिटीको अर्को आकर्षण ए लेभल पनि हो ।
शैक्षिक उत्कृष्टताको अग्रणी कलेज बन्ने लक्ष्यसहित अगाडि बढेको ट्रिनिटीले प्रतिस्पर्धात्मक वातावरण, नयाँ बुझाइका तरिका, सक्रिय संलग्नता र उत्साहवद्र्धक सहभागितामा विद्यार्थीहरूलाई अब्बल बनाउन प्रतिबद्ध रहेको पाइन्छ ।































प्रतिक्रिया