काठमाडौं । ललितपुरको कुमारीपाटीमा अवस्थित मुनलाईट माध्यमिक विद्यालय (मोलिस) ‘कमिटमेन्ट टु एक्सिलेन्स इन एजुकेसन अवार्ड–२०८२’ बाट सम्मानित भएको छ ।
शुक्रबार केन्द्रबिन्दु डटकमले आयोजना गरेको एक विशेष कार्यक्रमका बीच विद्यार्थीको सर्वाङ्गीण विकासमा जोड दिने मुनलाईट माविलाई उक्त अवार्ड प्रदान गरिएको हो ।
विद्यालयले प्रत्येक वर्ष शिक्षकलाई विभिन्न कार्यशाला तालिममा सहभागी गराउँदै आएको छ भने विद्यार्थीका लागि फुटसल, ब्याडमिन्टन, बास्केटबलजस्ता अतिरिक्त क्रियाकलापलाई निरन्तरता दिँदै उनीहरूको समग्र विकासमा योगदान पु-याइरहेको छ । मुलुकमै उत्कृष्ट शिक्षण मान्यता बनाउने लक्ष्यसहित, मोलिसले शिक्षाको उज्यालो यात्रामा नयाँ आयाम थपिरहेको छ।
मोलिसमा प्लस टु अध्ययन गरेका विद्यार्थी आइओएम, आइओइजस्ता प्रतिष्ठित अध्ययन संस्थानमा हरेक वर्ष स्कलरसिप पाएर मेडिकल, इन्जिनियरिङ अध्ययन गरिरहेका छन् । त्यसैगरी यस स्कुलले दुई पटक एनइबी बोर्ड टप गरिसकेको छ ।





























प्रतिक्रिया