प्रसादी एकेडेमी संस्थागततर्फ देशकै सर्वोत्कृष्ट शैक्षिक संस्थाको उपाधिबाट सम्मानित

प्रसादी एकेडेमी संस्थागततर्फ देशकै सर्वोत्कृष्ट शैक्षिक संस्थाको उपाधिबाट सम्मानित

केन्द्रबिन्दु
2.62k
Shares

काठमाडाैं । ललितपुरमा रहेको प्रसादी एकेडेमी संस्थागततर्फ देशकै सर्वोत्कृष्ट शैक्षिक संस्थाको उपाधिबाट सम्मानित भएको छ ।

केन्द्रबिन्दु डटकमले शुक्रबार आयोजना गरेको ‘तेस्रो संस्करणको केन्द्रबिन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’मा शिक्षा क्षेत्रमा झण्डै तीन दशकदेखि पुर्याएको अतुलनीय योगदानको कदर गर्दै प्रसादी एकेडेमीलाई सम्मानित गरिएको हो ।

शैक्षिक उत्कृष्टताप्रति आफ्नो अटल प्रतिबद्धताका कारण देशैभरका शिक्षण संस्थाहरूमा आफूलाई अब्बल शैक्षिक संस्थाको रुपमा स्थापित गराउन सफल प्रसादी एकेडेमी देशभरका उत्कृष्ट शैक्षिक संस्थाहरुमध्ये सर्वोत्कृष्ट घोषित भई पाँच पटकसम्म राष्ट्रिय शिक्षा पुरस्कार प्राप्त गर्न सफल एकमात्र शैक्षिक संस्था हो ।

व्यवहारिक शैक्षिक पाठ्यक्रम, आर्थिकरुपमा सक्षम बनाउने शैक्षिक ज्ञान र विविध अतिरिक्त क्रियाकलाप प्रसादीका विशेषता हुन् । नवप्रवर्तन, समग्र विकास र व्यक्तिगत क्षमतालाई प्राथमिकता दिँर्दै प्रसादीले आफ्ना विद्यार्थीलाई अत्याधुनिक युगमा चुनौती सामना गर्न र प्रतिस्पर्धात्मक विश्वमा उत्कृष्टता हासिल गर्न तयार पार्दै आएको छ ।

यस कलेजले विद्यार्थीलाई पढाउने भन्दा पनि कसरी पढ्ने भनेर मार्गर्दशन गर्छ । यसबाट विद्यार्थीहरु स्वतस्फूर्त पढाईमा प्रेरित हुने मात्र होइन, पढाईप्रति जिज्ञासु पनि हुने कलेजको मान्यता छ ।

Logo