काठमाडौंको कालोपुलमा अवस्थित जेभियर इन्टरनेशनल कलेज संस्थागततर्फ देशकै सर्वोत्कृष्ट शैक्षिक संस्थाका रुपमा सम्मानित भएको छ ।
केन्द्रबिन्दु डटकमले शुक्रबार आयोजना गरेको ‘तेस्रो संस्करणको केन्द्रबिन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’मा जेभियर इन्टरनेशनललाई सम्मान गरिएको हो । कलेजले शैक्षिक उत्कृष्टता, भौतिक पूर्वाधारको विकास, र विद्यार्थीको सर्वाङ्गीण विकासमा पुर्याएको योगदानको कदर गर्दै यो सम्मान प्रदान गरिएको हो।
आगामी पाँच वर्षभित्र देशकै उत्कृष्ट कलेजको सूचीमा आफूलाई उभ्याउने उद्धेश्यसहित सञ्चालनमा रहेको जेभियर इन्टरनेशनलले आदर, इमानदारी, विश्वास, सेवा, माया, अनुशासन र समावेशितालाई आफ्नो आधारशिला बनाएको छ ।

शिक्षामा उत्कृष्टता र नवीनताका लागि प्रतिबद्धता दर्शाउँदै विश्वस्तरका प्रतिष्ठित पुरस्कारहरू प्राप्त गर्न सफल यो शैक्षिक संस्थाले कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन र मानविकी संकाय पठनपाठन गराइरहेको छ ।
क्याम्ब्रिज विश्वविद्यालयको सम्बन्धनमा ए लेभलको पनि कोर्स गराउँदै आएको जेभियर इन्टरनेशनलले उत्कृष्ट, अनुशासित, जिम्मेवार र नेतृत्वदायी शिक्षाको पहिचान बनाइसकेको र प्रयोगात्मक एवं समयसापेक्ष शिक्षामा जोड दिँदै आएको छ । कलेजले परिवर्तित प्रविधि, पाठ्यक्रम र व्यवहारिक ज्ञानलाई उच्च प्राथमिकतामा राखेको छ ।





























प्रतिक्रिया