एनसीसीएस पकनाजोल सर्वोत्कृष्ट शैक्षिक संस्थाका रुपमा सम्मानित

एनसीसीएस पकनाजोल सर्वोत्कृष्ट शैक्षिक संस्थाका रुपमा सम्मानित

केन्द्रबिन्दु
1.23k
Shares

काठमाडौंको पकनाजोलमा रहेको नेशनल कलेज अफ कम्प्युटर स्टडिज (एनसीसीएस) संस्थागततर्फ देशकै सर्वोत्कृष्ट शैक्षिक संस्थाका रुपमा सम्मानित भएको छ ।

केन्द्रबिन्दु डटकमले शुक्रबार आयोजना गरेको ‘तेस्रो संस्करणको केन्द्रबिन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’को अवसरमा दुई दशक लामो समयदेखि शैक्षिक क्षेत्रमा अनवरत रुपमा लागिपरेको एनसीसीएसलाई उक्त उपाधिबाट सम्मान गरिएको हो ।

परिणाममुखी नतिजाका लागि सूचना प्रविधि र व्यवस्थापनको क्षेत्रमा केन्द्रित रहेर अध्यापन गराउँदै आएको एनसीसीएसले विद्यार्थीको व्यवसायिक जीवनलाई सफल बनाउन चौतर्फी विकासमा उत्तिकै जोड दिने गरेको छ ।

सूचना प्रविधि र व्यवस्थापनको क्षेत्रमा ध्यान केन्द्रित गरेर अध्यापन गराउँदै आएको एनसीसीएस व्यवस्थापन र प्रविधिको क्षेत्रमा भविष्य खाज्ने विद्यार्थीका लागि उत्कृष्ट शैक्षिक संस्था हो । विश्वको रोजगार बजारले खोज्ने योग्य जनशक्ति तयार गर्न र विषयगत इन्टर्नसिपका लागि सहजीकरण गर्दै रोजगारीका लागि समेत सहजिकरण गर्ने एनसीसीएसले विद्यालय शिक्षालाई समेत उच्च प्राथमिकतामा राख्दै आएको छ ।

Skip This
Skip This
Logo