काठमाडौं । बल्खुमा अवस्थित काठमाडौं बर्नहार्ट सेकेण्डरी स्कुल एण्ड कलेजले ‘बेष्ट हिस्टोरिकल अचिभमेन्ट अवार्ड–२०८२’ प्राप्त गरेको छ ।
केन्द्रबिन्दु डटकमले शुक्रबार होटल प्लाजामा आयोजना गरेको ‘तेस्रो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’ कार्यक्रमकाबीच शिक्षा क्षेत्रमा पुर्याएको योगदानको उच्च सम्मान गर्दै बर्नहार्टलाई उक्त अवार्ड प्रदान गरिएको हो ।
बर्नहार्ट विश्वविद्यालय अनुदान आयोग (यूजीसी)बाट उच्च शिक्षा गुणस्तरको सबै तह पार गरेर क्यूएए मान्यता पाउने पहिलो निजी कलेज हो ।
२०५७ सालमा स्थापना भएर पनि आफूलाई छोटो समयावधिमा नै उत्कृष्टको सूचीमा उभ्याउन सफल यो कलेजले अविछिन्नरुपमा उत्कृष्ट नतिजा पस्कँदै आएको छ । पढाईलाई व्यवहारिक जीवनमा उपयोग गर्न सकोस् भनी कलेजले पठन पद्धतीलाई अभ्यासमा आधारित बनाएको छ । विद्यार्थीलाई कुनैपनि पाठयक्रमसँग सम्बन्धित प्रयोगात्मक अभ्यास गराउनु बर्नहार्टको कला हो ।
कलेजमा पठनपाठन, क्षमताका बिकासका अतिरिक्त विद्यार्थीलाई करियर काउन्सिलिङ एवं भविष्यको मार्गनिर्देशन पनि गराइन्छ ।





























प्रतिक्रिया