काठमाडौं । उपत्यकाको शिक्षाको केन्द्रविन्दु ललितपुरको कुमारीपाटीमा अवस्थित ओमेगा इन्टरनेशनल सेकेन्डरी स्कुल एण्ड कलेज ‘आउटस्ट्याण्डिङ पर्फर्मेन्स अवार्ड–२०८२’ बाट सम्मानित भएको छ ।
केन्द्रबिन्दु डटकमले शुक्रबार आयोजना गरेको ‘तेस्रो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’ कार्यक्रमकाबीच विद्यार्थीको उज्ज्वल भविष्य निर्माणमा शैक्षिक क्षेत्रमा सक्रिय रहेर सिकाइको गुणस्तरीय विधि अपनाउँदै उत्कृष्ट शिक्षालय (कक्षा ११ र १२) को परिचय बनाउन सफल ओमेगा इन्टरनेशनल कलेजलाई उक्त अवार्ड प्रदान गरिएको हो ।

‘पढेको कुरालाई व्यावहारिक जीवनमा उपयोग गर्नुपर्छ’ भन्ने मान्यतालाई आत्मसात गरेको ओमेगा कलेज विज्ञान र व्यवस्थापनको शैक्षिक कार्यक्रममा रुची राख्ने विद्यार्थीको रुचीमा पर्ने गर्दछ । आजको लागि मात्रै पढाउने होइन, भोलिको नेतृत्वकर्ता तयार पार्नु यसको लक्ष्य हो । यस कलेजको विगत ३ वर्षको नतिजालाई हेर्दा ९९.४ प्रतिशत रहेको छ । यस सफलता दरले ओमेगाको शैक्षिक उत्कृष्टता भएको पुष्टि हुन्छ ।
ओमेगा कलेजमा प्लस टु अध्ययन गरेका विद्यार्थीहरुले चिकित्सा अध्ययन संस्थान, इन्जिनियरिङ अध्ययन संस्थान जस्ता उत्कृष्ट शैक्षिक संस्थामा उत्कृष्ट अंक ल्याइ पूर्ण छात्रवृत्तिमा अध्ययन गरिरहेका छन् ।





























प्रतिक्रिया