टेक्सास इन्टरनेसनल कलेजलाई ‘बेष्ट इनोभेटिभ टिचिङ प्राक्टिस’ अवार्ड

टेक्सास इन्टरनेसनल कलेजलाई ‘बेष्ट इनोभेटिभ टिचिङ प्राक्टिस’ अवार्ड

केन्द्रबिन्दु
1.16k
Shares

काठमाडौं । काठमाडौंको मित्रपार्कमा अवस्थित टेक्सास इन्टरनेसनल कलेज ‘बेष्ट इनोभेटिभ टिचिङ प्राक्टिस अवार्ड –२०८२’ बाट सम्मानित भएको छ ।

केन्द्रबिन्दु डटकमले शुक्रबार काठमाडौंमा आयोजना गरेको ‘तेस्रो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’ कार्यक्रमकाबीच सैद्धान्तिक ज्ञान र व्यावहारिक सिकाइलाई समान रूपमा जोड दिने टेक्सास इन्टरनेसनल कलेजलाई उक्त अवार्ड प्रदान गरिएको हो ।

टेक्सासले शिक्षा क्षेत्रमा पुर्याएको योगदानको उच्च सम्मान गर्दै केन्द्रबिन्दुले उक्त अवार्ड प्रदान गरेको हो ।

प्रविधि, व्यवस्थापन र समाजशास्त्रका क्षेत्रमा गुणस्तरीय जनशक्ति उत्पादन गर्ने लक्ष्यसाथ स्थापना गरिएको यो कलेजले सैद्धान्तिक ज्ञान र व्यावहारिक सिकाइलाई समान रूपमा जोड दिँदै, विद्यार्थीलाई व्यावसायिक र समसामयिक शिक्षा प्रदान गर्दै आएको छ ।

‘टेक्सास इन्टरनेसनल एजुकेशन नेटवर्क’ तयार गरिरहेको यस कलेजले सैद्धान्तिक पढाइलाई भन्दा पनि विद्यार्थीको क्षमता विकासमा जोड दिँदै आएको छ । कलेजका व्यवस्थापक, गुरुवर्गसँग विद्यार्थी र अभिभावकको सहज पहुँचले यस संस्थालाई सरल र व्यवहारिक बनाएको छ ।

टेक्सासको सन्देश प्रष्ट छ, शिक्षा केवल डिग्री पाउने माध्यम मात्र होइन, यो व्यक्ति निर्माणको प्रक्रियाको मेरुदण्ड पनि हो। यहाँको शिक्षाले विद्यार्थीलाई केवल परीक्षामा होइन, जीवनको वास्तविक परीक्षा पास गर्न तयार बनाउने लक्ष्य लिएको छ ।

Skip This
Skip This
Logo