काठमाडौं । काठमाडौंको बनस्थलीमा अवस्थित समृद्धि स्कुल ‘बेष्ट लर्निङ सेन्टर अवार्ड –२०८२’ बाट सम्मानित भएको छ ।
केन्द्रबिन्दु डटकमले शुक्रबार आयोजना गरेको ‘तेस्रो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’ सम्मान कार्यक्रमकाबीच शैक्षिक क्षेत्रमा सक्रिय रहेर सिकाइको गुणस्तरीय विधि अपनाउँदै कक्षा ११ र १२ को उत्कृष्ट शिक्षालय परिचय बनाउन सफल समृद्धि स्कुललाई बेष्ट लर्निङ सेन्टर अवार्ड प्रदान गरिएको हो ।
बनस्थलीमा २०७४ सालमा खुलेको यो शिक्षण संस्था आफ्नो नामअनुसार नै विद्यार्थीको वृत्तिविकासका लागि हरपल खटिएको छ ।
अत्याधुनिक भौतिक पूर्वाधार र अनुभवी शिक्षक समूहको साथमा प्ले ग्रुपदेखि कक्षा १२ सम्म अध्यापन गराउँदै आएको यस स्कुलले विद्यार्थीलाई कक्षा १ देखि नै लिडरसीप विकास, ग्रुप वर्क तथा प्रस्तुती जस्ता सिकाइका आधुनिक प्रक्रियालाई अँगाल्दै आएको छ । होटल व्यवस्थापन, पर्यटन र पर्वतारोहण, मार्केटिङ समृद्धिमा पढाई हुने प्रमुख विषय हुन् । परीक्षा केन्द्रित भन्दा पनि विद्यार्थीमा सिकाइको भोक जगाएर अध्ययन गराउनु समृद्धिको विशेषता हो ।





























प्रतिक्रिया