ब्रिजवाटर इन्टरनेसनल कलेजलाई ‘डाइनामिक एजुकेसन लिडरसिप अवार्ड’ प्रदान

ब्रिजवाटर इन्टरनेसनल कलेजलाई ‘डाइनामिक एजुकेसन लिडरसिप अवार्ड’ प्रदान

केन्द्रबिन्दु
1.02k
Shares

काठमाडौं । काठमाडौंको सिनामंगलमा अवस्थित ब्रिजवाटर इन्टरनेसनल कलेजलाई ‘डाइनामिक एजुकेसन लिडरसिप अवार्ड–२०८२’लाई प्रदान गरिएको छ ।

शुक्रबार केन्द्रबिन्दु डटकमले आयोजना गरेको ‘तेस्रो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’ कार्यक्रमका बीच जीवनोपयोगी शिक्षा पद्दती अँगाल्दै डेढ दशकको शैक्षिक यात्रा तय गरिसकेको ब्रिजवाटर इन्टरनेशनललाई शिक्षा क्षेत्रमा पुर्याएको योगदानको उच्च सम्मान गर्दै उक्त अवार्ड प्रदान गरिएको हो ।

कलेजले विद्यार्थीलाई दक्ष मात्र बनाउँदैन, उनीहरुको क्षमता र रुची अनुरुप रोजगारका लागि मार्गनिर्देशन पनि गर्छ । यस कलेजको अर्को विशेषता भनेको विद्यार्थीको भविष्यप्रति उत्तरदायी भूमिका निर्वाह गर्नु हो ।

नेपाली शिक्षामा गौरवमय इतिहास बनाउने उद्धेश्य बोकेको कलेजले आजको युग सुहाउँदो शिक्षण विधि अपनाउँदै आएको छ ।

Skip This
Skip This
Logo