लुम्बिनीकै उत्कृष्ट सामुदायिक विद्यालय ‘श्री सेकेन्डरी स्कुल’ सम्मानित

लुम्बिनीकै उत्कृष्ट सामुदायिक विद्यालय ‘श्री सेकेन्डरी स्कुल’ सम्मानित

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । दाङको अस्वारामा अवस्थित लुम्बिनी प्रदेशकै उत्कृष्ट सामुदायिक विद्यालयको रुपमा ‘श्री सेकेन्डरी स्कुल’ सम्मानित भएको छ ।

केन्द्रविन्दु अनलाइन मिडिया प्रा.लि.ले आयोजना गरेको ‘तेस्रो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’ मा श्री सेकेन्डरी स्कुल प्रदेशकै उत्कृष्ट विद्यालयको रुपमा सम्मानित भएको हो ।

दाङको अस्वारामा अवस्थित यस विद्यालय वि.सं. २०१७ मा स्थापना भएको एक ऐतिहासिक र समर्पित सार्वजनिक शैक्षिक संस्था हो । गुणस्तरीय शिक्षा र सामुदायिक समावेशिताको उज्यालो उदाहरणका रूपमा उभिएको यस विद्यालयले शिक्षा मन्त्रालय (एमओइ)बाट मान्यता प्राप्त गरी राष्ट्रिय परीक्षा बोर्डसँग आबद्ध रही कक्षा १२ सम्मको अध्यापन गर्दै आएको छ ।

विद्यालयमा व्यवस्थापन र शिक्षा धारमा १२ सम्मको पढाइ हुने गरेको छ ।
यसका साथै, सीटीइभीटीसँग पनि आबद्ध रही प्राविधिक शिक्षाको विस्तार गर्दै डिप्लोमा इन फरेस्ट्री र डिप्लोमा इन सिभिल इन्जिनियरिङ जस्ता कार्यक्रमहरू सञ्चालन गरिएको छ । यसले विद्यालयलाई सामान्य शिक्षासँगै प्राविधिक दक्षता उत्पादन गर्ने एक बहुआयामी केन्द्र बनाएको छ ।

यो विद्यालय केवल ज्ञानको केन्द्र मात्र होइन, ग्रामीण परिवेशमा बसेर पनि समावेशी, व्यावसायिक र व्यवहारिक शिक्षाको उदाहरणीय अभ्यास गर्ने शिक्षालय हो। स्थानीय समुदायसँगको गहिरो सम्बन्ध र विद्यार्थीको सर्वाङ्गिण विकासमा केन्द्रित शिक्षण पद्दतिले यो विद्यालयलाई प्रदेशकै एक अग्रणी र प्रेरणादायी शिक्षालय बनाएको छ ।

Skip This
Skip This
Logo