केएमसी बागबजारलाई ‘बेष्ट प्लस टु अवार्ड’ प्रदान

केएमसी बागबजारलाई ‘बेष्ट प्लस टु अवार्ड’ प्रदान

केन्द्रबिन्दु
1.09k
Shares

काठमाडौं । बागबजारमा अवस्थित काठमाडौं मोडल सेकेन्डरी स्कुल ‘बेष्ट प्लस टु अवार्ड २०८२’बाट सम्मानित भएको छ ।

केन्द्रविन्दु अनलाइन मिडिया प्रा.लि.ले ललितपुरमा आयोजना गरेको ‘तेस्रो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’ मा केएमसी बागबजारलाई ‘बेष्ट प्लस टु अवार्ड’ प्रदान गरिएकाे हाे ।

नतिजा, शिक्षण सिकाई, अतिरिक्त क्रियाकलाप, भौतिक संरचनाका आधारमा केएमसी बागबजारलाई सम्मान गरिएको हो । यस शैक्षिक संस्था देशैभरका विद्यार्थीको रोजाईमा पर्ने प्रतिष्ठित र अग्रणी शैक्षिक संस्था हो । २५ वर्षअघि स्थापना भएको यो स्कुल विद्यालयहरूको सुचीमा आफ्नो विशिष्ट पहिचान स्थापित गराएको छ ।

निरन्तर रुपमा भौतिक संरचना तथा प्रविधिमा सुधार र नविकरण गर्दै लगेको यो शैक्षिक संस्थाले व्यवसायिक, सकारात्मक, प्रविधिमैत्री र प्रभावकारी शिक्षणको वातावरण सिर्जना गर्दै आएको छ । प्रभावकारी रुपमा शिक्षण सिकाईलाई प्राथमिकता दिने यस स्कुल हरेक वर्ष एसईईका उत्कृष्ट नतिजा ल्याउँदै आएको छ ।

Skip This
Skip This
Logo