काठमाडौं । ललितपुरको हात्तीवनमा अवस्थित लिटल एन्जल्स स्कुललाई ‘बेष्ट प्लस टु अवार्ड’ प्रदान गरिएको छ ।
केन्द्रबिन्दु डटकमले शुक्रबार आयोजना गरेको तेस्रो संस्करणको ‘केन्द्रबिन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’को अवसरमा लिटल एन्जल्स ‘बेष्ट प्लस टु अवार्ड’बाट सम्मानित भएको हो । स्कुलले शिक्षा क्षेत्रमा पुर्याएको उल्लेखनीय योगदान र उत्कृष्ट शैक्षिक नतिजाको कदर गर्दै यो अवार्ड प्रदान गरिएको हो।
शैक्षिक उन्न्यनमा अविछिन्न समर्पित लिटल एन्जल्सले साढे चार दशकदेखि निरन्तर आफूलाई देशकै उत्कृष्ट शैक्षिक संस्थाका रुपमा स्थापित गराउँदै आएको छ । उही रफ्तारमा, उही लय कायम राखेको यो शैक्षिक संस्था स्थापनाकालदेखि नै सतप्रतिशत नतिजा दिन सफल छ ।

स्कुलले शैक्षिक उत्कृष्टताका साथै अतिरिक्त क्रियाकलाप र विद्यार्थीको व्यक्तित्व विकासमा पनि उत्तिकै जोड दिँदै आएको छ। यसैको परिणाम स्वरूप यसका विद्यार्थीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विभिन्न क्षेत्रमा सफल करियर निर्माण गर्दै आएका छन्।
‘बेस्ट प्लस टु अवार्ड’ले लिटल एन्जल्स स्कुलको शैक्षिक उपलब्धि र यसको समर्पणलाई पुनः पुष्टि गरेको छ। यो सम्मानले नेपालको शैक्षिक क्षेत्रमा गुणस्तरीय शिक्षाको विकासका लागि काम गर्ने अन्य संस्थाहरूलाई पनि प्रोत्साहन मिल्ने विश्वास गरिएको छ।





























प्रतिक्रिया