आइएसटी कलेजलाई ‘बेष्ट प्लस टु अवार्ड’

आइएसटी कलेजलाई ‘बेष्ट प्लस टु अवार्ड’

केन्द्रबिन्दु
978
Shares

काठमाडौं । ज्ञानेश्वरमा अवस्थित इन्टरनेशनल स्कुल अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट (आइएसटी) ‘बेष्ट प्लस टु अवार्ड’ बाट सम्मानित भएको छ ।

केन्द्रबिन्दु अनलाइन मिडियाले ललितपुरमा आयोजना गरेको ‘तेस्रो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’ मार्फत ‘बेष्ट प्लस टु अवार्ड’ बाट सम्मानित भएको हो ।

हस्पिटालिटीको क्षेत्रमा आफूलाई स्थापित गराउन सफल शैक्षिक संस्था हो, आइएसटी कलेज ।

दुई दशकदेखि यो कलेजले टुरिजम र हस्पिटालिटी क्षेत्रमा नव आयामसहित अन्तर्राष्ट्रियस्तरका कोर्षहरु पठनपाठन गराउँदै आएको छ । यस शिक्षण संस्थामा कक्षा ११ र १२ मा व्यवस्थापन संकायअन्तर्गत होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, टुरिजम म्यानेजमेन्ट, जनरल म्यानेजमेन्टका विषयहरू पढाई हुन्छ ।

नेपाली परिवेशअनुसार आफ्नो अध्यापन विधि अंगालेको आईएसटीले कक्षा १२ को अन्तिम परीक्षा दिए लगत्तै विद्यार्थीहरुलाई व्यावसायिक एवं व्यावहारिक ज्ञानका लागि प्रेरित गर्दै आएको छ ।

Logo