ओली एण्ड एशोसिएट्स नेपाल ‘पायोनियर इन अष्ट्रेलियन एजुकेसन अवार्ड’बाट सम्मानित

ओली एण्ड एशोसिएट्स नेपाल ‘पायोनियर इन अष्ट्रेलियन एजुकेसन अवार्ड’बाट सम्मानित

केन्द्रबिन्दु
585
Shares

काठमाडाैं । शैक्षिक परामर्श संस्था ओली एण्ड एशोसिएट्स नेपाल ‘पायोनियर इन अष्ट्रेलियन एजुकेसन अवार्ड’ बाट सम्मानित भएकाे छ ।

केन्द्रबिन्दु डटकमले शुक्रबार आयोजना गरेको ‘तेस्रो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’ कार्यक्रममा ओली एण्ड एशोसिएट्स उक्त अवार्डबाट सम्मानित भएकाे हाे ।

यस सम्मानले अष्ट्रेलियामा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरूलाई सही मार्गनिर्देशन गर्न ओली एण्ड एशोसिएट्सको निरन्तरको योगदानलाई उजागर गरेको छ । यो अवार्ड शैक्षिक परामर्शदाताहरूको कार्यसम्पादन, सेवाको गुणस्तर र विद्यार्थी सन्तुष्टिमा आधारित रहेर प्रदान गरिने प्रतिष्ठित अवार्ड हो।

विगत २३ वर्षदेखि अष्ट्रेलियामा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीहरूका लागि यस ओली एण्ड एशोसिएट्सले मार्गनिर्देश गर्दै एक अग्रणी शैक्षिक परामर्श संस्थाका रुपमा आफ्नो अलग्गै छवि बनाउन सफल भएको छ । काठमाडौंकाे पुतलीसडकमा केन्द्रिय कार्यालय रहेको ओली एण्ड एशोसिएट्सकाे ललितपुर, बुटवल, बिर्तामोड, इटहरी, चितवन, पोखरा र हेटौंडामा पनि शाखा रहेका छन्, जहाँ विद्यार्थीलाई गुणस्तरीय सेवा दिनका लागि १५० जना भन्दा बढी कर्मचारी कार्यरत छन् ।

Logo