काठमाडौं । पुतलीसडकमा अवस्थित एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेज ‘ग्लोबल प्रिजेन्स अवार्ड’बाट सम्मानित भएको छ ।
केन्द्रबिन्दु अनलाइन मिडिया प्रा.लि.ले ललितपुरमा आयोजना गरेको ‘तेस्रो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’ मा एक्सपर्ट एजुकेसन ‘ग्लोबल प्रिजेन्स अवार्ड’ बाट सम्मानित भएको हो । एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजले विद्यार्थीहरूलाई उनीहरूको शैक्षिक लक्ष्य र भिसा आवश्यकताहरूको लागि नेपालमा उत्कृष्ट परामर्श प्रदान गर्दछ ।
एक्सपर्ट एजुकेसन सन् २००३ मा स्थापित भएको थियो र १५ देशहरूमा ५० भन्दा बढी शाखाहरूमा विस्तार भएको छ । एक्सपर्ट एजुकेसनले शिक्षाभन्दा माथि, बाहिरका सबै क्षेत्रहरूमा पनि अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई उपयुक्त सल्लाह र सहयोग प्रदान गर्दछ ।
विद्यार्थीहरूलाई आफ्नो भविष्यको लागि उत्तम निर्णय लिन र भिसा आवेदन प्रक्रियामा सहयोग गर्न सशक्त बनाउँछ, जसमा उनको लागि उपयुक्त शिक्षा संस्था छनौट गर्न परामर्श, भर्ना आवश्यकताहरू, छात्रवृत्तिहरू पनि समावेश छन् ।































प्रतिक्रिया