ग्रेस इन्टरनेसनल एजुकेसन कन्सल्टेन्सीलाई ‘ग्लोबल कनेक्टिभिटी अवार्ड’

ग्रेस इन्टरनेसनल एजुकेसन कन्सल्टेन्सीलाई ‘ग्लोबल कनेक्टिभिटी अवार्ड’

केन्द्रबिन्दु
786
Shares

काठमाडौं । बुद्धनगरमा अवस्थित ग्रेस इन्टरनेसनल एजुकेसन कन्सल्टेन्सी ‘ग्लोबल कनेक्टिभिटी अवार्ड’बाट सम्मानित भएको छ ।

केन्द्रबिन्दु अनलाइन मिडिया प्रा.लि.ले ललितपुरमा आयोजना गरेको ‘तेस्रो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’ मार्फत ग्रेस ‘ग्लोबल कनेक्टिभिटी अवार्ड’ बाट सम्मानित भएको हो ।

सन् २००६ मा स्थापित ग्रेस इन्टरनेसनल एजुकेसन कन्सल्टेन्सी, एक अग्रणी र विश्वसनीय शैक्षिक सेवा प्रदायक हाे । याे अष्ट्रेलिया, न्यूजील्याण्ड, अमेरिका, इङ्गल्याण्ड, क्यानडा र धेरै देशहरूमा प्रतिष्ठित विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गर्ने योजना बनाइरहेका विद्यार्थीहरूलाई व्यापक समाधान प्रदान गर्नका लागि गठन गरिएको थियो ।

ग्रेस इन्टरनेसनल एजुकेसन कन्सल्टेन्सीको उद्देश्य भनेको विद्यार्थीहरूलाई उपयुक्त शिक्षा र मार्गहरू मार्फत उनीहरूको करियरको सम्भावनाहरू अन्वेषण गर्न र सुरक्षित गर्न मार्गदर्शन गर्नु हो ।

Logo