युक्यानलाई ‘मोस्ट प्रिफर्ड कन्सल्टेन्सी युके अवार्ड’

युक्यानलाई ‘मोस्ट प्रिफर्ड कन्सल्टेन्सी युके अवार्ड’

केन्द्रबिन्दु
426
Shares

काठमाडौं । अल्टिमेट कन्सल्टेन्सी एण्ड एड्भाइजरी नेटवर्क (युक्यान) ‘मोस्ट प्रिफर कन्सल्टेन्सी (युके)’ अवार्ड प्रदान गरिएको छ ।

केन्द्रबिन्दु डटकमले शुक्रबार आयोजना गरेको तेस्रो संस्करणको ‘केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’ मार्फत युके अध्ययनका लागि सबैभन्दा धेरै विद्यार्थीको रोजाईमा पर्ने गरेको युक्यानलाई अवार्ड प्रदान गरिएको हो । विद्यार्थीलाई उत्कृष्ट शैक्षिक परामर्श, भरपर्दाे र विस्वासिलो सेवा प्रदान गर्दै आएको युक्यानलाई सम्मान गरिएको हो ।

विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको युक्यान २०११ मा स्थापना भएको हो । यस संस्थाले अमेरिका, बेलायत, अष्ट्रेलिया, क्यानडा लगायतका देशहरूमा अध्ययन गर्न चाहने विद्यार्थीलाई परामर्श, भिसा प्रक्रिया, अन्तरवार्ता तयारी लगायत सम्पूर्ण सेवा प्रदान गर्दै आएको छ ।

काठमाडौंमा रहेको मुख्य कार्यालयसँगै देशभर शाखाहरू विस्तार गरिएको युक्यानले विद्यार्थीको शैक्षिक र पेशागत भविष्य निर्माणमा महत्वपूर्ण भूमिका खेलेको छ ।

Skip This
Skip This
Logo