काठमाडौं । नयाँ बानेश्वरमा अवस्थित शैक्षिक परामर्शदाता संस्था अल्फाबिटालाई ‘मोस्ट प्रिफर्ड कन्सल्टेन्सी (अमेरिका) अवार्ड’बाट सम्मानित भएका छन् ।
केन्द्रबिन्दु डटकमले शुक्रबार आयोजना गरेको तेस्रो संस्करणको ‘केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’ मार्फत अमेरिका वैदेशिक अध्ययनका लागि सबै भन्दा बढि विद्यार्थीको रोजाईमा पर्ने गरेको अल्फाबिटा एजुकेसन कन्सल्टेन्सीलाई उक्त अवार्ड प्रदान गरिएको हो ।
तीन दशकभन्दा बढीको समृद्ध इतिहास बोकेको अल्फाबिटा नेपालकै अग्रणी शैक्षिक परामर्श संस्थाको रूपमा प्रतिष्ठित छ । ३४ वर्षको परीक्षा तयारी अनुभव र २० वर्षभन्दा बढीको विदेश अध्ययन मार्गदर्शनमा संलग्नता भएको यस संस्थाले हजारौं विद्यार्थीको शैक्षिक लक्ष्य पूरा गर्न सहयोग गरेको छ ।

विद्यार्थीहरूका लागि मैत्रीपूर्ण र सहयोगी वातावरण प्रदान गर्दै अल्फाबिटाले विदेश अध्ययन तथा अंग्रेजी दक्षता परीक्षाहरू (जस्तै आईईएलटीएस, टोफेल, पिटिईको तयारीका लागि अत्याधुनिक पूर्वाधारसहित सेवा उपलब्ध गराएको तयारी कक्षा सञ्चालन गर्दै आएको छ ।
अल्फाबिटा केवल शैक्षिक परामर्श संस्था होइन, यो विदेश अध्ययन गर्न चाहने विद्यार्थीहरूको लागि एक समग्र साझेदार हो । अनुभवी सल्लाहकार, उच्च भिसा स्वीकृति दर, भाषा कक्षा, र सम्पूर्ण मार्गदर्शन प्रणालीसहित यसले विद्यार्थीहरूको शैक्षिक यात्रा सफल बनाउने पूर्ण सुनिश्चितता प्रदान गर्छ ।





























प्रतिक्रिया