काठमाडौं । पुतलीसडकमा अवस्थित वेद इन्टरनेसनल एजुकेसन कन्सल्टेन्सी ‘इमर्जिङ कन्सल्टेन्सी इन नेपाल अवार्ड’बाट सम्मानित भएको छ ।
केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिले आयोजना गरेको ‘तेस्रो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’ मार्फत वेद इन्टरनेसनल’इमर्जिङ कन्सल्टेन्सी इन नेपाल अवार्ड’बाट सम्मानित भएको हो ।
वेद इन्टरनेसनल एजुकेसन कन्सल्टेन्सी सन् २०१० देखि नेपालमा सञ्चालित सरकारी दर्ता प्राप्त शैक्षिक परामर्श संस्था हो। यो संस्था विशेष गरी बेलायत, अमेरिका र अष्ट्रेलियाका विश्वस्तरीय कलेज तथा विश्वविद्यालयहरूमा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीहरूलाई लक्षित गरी सेवा प्रदान गर्दै आइरहेको छ।
विद्यार्थीहरूलाई मार्गदर्शन, प्रेरणा, शिक्षा तथा समग्र परामर्श दिने कार्यमा संलग्न वेदका परामर्शदाताहरू टिआइटिआइ, क्युइएसी, इएनजि, आइएसएएनए र युनिएजेन्ट्स द्वारा प्रशिक्षित र प्रमाणित छन्। योग्य विद्यार्थीहरूलाई २० देखि २५ प्रतिशतसम्म छात्रवृत्ति उपलब्ध गराउँदै आएको यस संस्थाको भिसा सफलता दर हालसम्म ८० प्रतिशतसम्म पुगेको छ।
विद्यार्थीहरूका लागि प्रवेश परीक्षा, विश्वविद्यालय छनोट, कागजात, अन्तर्वार्ता, भिसा आवेदन, प्रस्थानपूर्व प्रशिक्षण तथा विश्वविद्यालयसँग नियमित सम्पर्कजस्ता सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ ।
वेद इन्टरनेसनल आजको मितिमा विदेश अध्ययनमा जाने इच्छुक नेपाली विद्यार्थीहरूको लागि एक भरोसायोग्य गन्तव्य बनेको छ, जसले योग्य विद्यार्थीहरूलाई पहुँचयोग्य शुल्कमा अध्ययनको अवसर दिलाउने कार्यमा सघाउँछ।































प्रतिक्रिया