एसईईमा ४ जीपीए ल्याएकी सविना चेपाङ प्रजालाई पिनाकल एकेडेमीले इन्जिनियरिङसम्म निःशुल्क पढाउने

एसईईमा ४ जीपीए ल्याएकी सविना चेपाङ प्रजालाई पिनाकल एकेडेमीले इन्जिनियरिङसम्म निःशुल्क पढाउने

केन्द्रबिन्दु
162
Shares

काठमाडौं । धादिङ गजुरी गाउँपालिका -१ की सविना चेपाङ प्रजा सानैदेखि पढाइमा अब्बल थिइन्। पढाइमा खुबै लगाव राख्ने उनको गाउँमा न त पढाइको लागि विद्यालय थियो न त परिवारको आर्थिक स्थितिले बाहिर राम्रो विद्यालय नै पढाउने सक्थ्यो ।

कक्षा एक र दुई गाउँमै पढेपछि उनले कक्षा ३ पढ्न पाइनन्, किनकी गाउँमा प्राथमिक तहसम्मको पनि विद्यालय थिएन। माथिल्लो कक्षा पढ्नका लागि गाउँदेखि एक घण्टा पैदल हिँडेर जानुपथ्र्यो। एकातिर आर्थिक अभाव र अर्कोतर्फ विद्यालय टाढा हुँदा बाँकी पढाइ चुनौती देखिएपछि उनको पाइला काठमाडौंतर्फ मोडियो ।

काठमाडौंमा अरूको घरमा काम सघाउँदै पढ्ने वातावरण उनलाई मिल्यो। सविना र उनको परिवार यो कुरामा मन्जुर भए । काठमाडौंमा बस्दै आएकी उनको फूपूले उनको यो कदममा साथ दिइन्। विशालनगरको एक घरमा बसेर बिहान बेलुका सकेको काम गर्दै दिउँसो स्कुल गइन्। ३ कक्षामा पुगेकी सविनाले फेरि कक्षा १ बाट नै पढाइ सुरू गरिन्।उनी पञ्चकन्या आधारभूत विद्यालय (तत्कालीन निमावि) मा भर्ना भइन् । सोही विद्यालयमा कक्षा ८ सम्म पढिन् । कक्षा ९ मा शिवपुरी माविमा भर्ना भइन् । हरेक वर्ष उनले प्रथम स्थान मात्र हासिल गरिन्।

पढाइमा अब्बल उनलाई घरधनीले पनि हौसला दिए, जसले उनलाई झनै ऊर्जा मिल्यो । उनको मेहनत फल माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजामा देखियो । सविना चेपाङ प्रजा एसईईमा ४.० जीपीए ल्याउने चेपाङ समुदायकी पहिलो विद्यार्थी बनिन्।

एसईईमा राम्रो नतिजा ल्याएकी सविनाको लक्ष्य थियो, इन्जिनियर बन्ने । तर उनको परिवारको आर्थिक अवस्थाले दिँदैनथ्यो। आर्थिक अवस्थाकै कारण इच्छा मार्न पनि मन थिएन। उनको यो इच्छालाई ललितपुरको लगनखेलमा अवस्थित पिनाकल एकेडेमीले साथ दिने भएको छ ।

उनलाई प्लस टुदेखि स्नातक तहसम्म पूर्ण छात्रवृत्तिमा पढाउने जिम्मा पिनाकलले लिएको हो । उनको इन्जिनियर पढ्ने सपना पिनाकलले पूरा गरिदिने भएपछि उनी एकदमै हर्षित छिन् । ‘कम्युटर इन्जिनियरिङ पढ्ने रहर छ । पिनाकलले निःशुल्क पढाउँदै हुनुहुन्छ । यसमा एकदम खुशी छु । अब आफ्नोतर्फबाट एकदम मिहेनत गर्छु । पिनाकल एकेडेमीप्रति एकदम आभारी छु’ उनले भनिन्।

इन्जिनियर बनेर परिवार र आर्थिक अवस्था कमजोर भएकै कारण पढ्नबाट बञ्चित भएकाहरूलाई सहयोग गर्ने उनो इच्छा छ । काम र पढाइलाई सँगै अगाडि बढाएकी सविना हरेक विषयलाई समय दिएर पढ्नुपर्ने बताउँछिन्। समय व्यवस्थापन गर्न जानियो भने घरको काम गरेर राम्रो पढ्न सकिने उनको भनाइ छ । कक्षामा ध्यान दिएर पढ्न सकिए घरमा आएर रिभिजन गर्दा बुझ्न सजिलो हुने उनी बताउँछिन् ।

यता छोरीले उत्कृष्ट नतिजा ल्याउँदा परिवार पनि उत्तिकै खुशी छ । आफूले राम्रो शिक्षा दिन सक्ने आर्थिक अवस्था नभए पनि छोरीको इच्छा पूरा गर्न पिनाकल कलेजले निःशुल्क पढाइदिने भएपछि उनका बाबु सन्तबहादुर प्रजा झनै खुशी छन् ।

पिनाकलका प्रिन्सिपल डा. ऋषि तिवारीका अनुसार सविनालाई प्लस टु देखि स्नातक तहसम्म होस्टलसहित पूर्ण छात्रवृत्तिको व्यवस्था गरिएको छ । यो कार्य पिनाकल कलेजको सामाजिक उत्तरदायित्व अन्तर्गतको एउटा दायित्व भएको उनले बताए।

झण्डै तीन दशकलामो शैक्षिक यात्रामा धेरै सामाजिक उत्तरदायित्व काम गरिसकेको पिनाकल कलेजले सविना जस्तो जेहेन्दार विद्यार्थीलाई साथ दिएर उदाहरणीय काम गरेको छ । यस कार्यले पिनाकलले शिक्षा क्षेत्रमा मात्र नभई सामाजिक सेवामा पनि आफ्नो दायित्व पूरा गरिरहेको स्पष्ट देखाउँछ । पिनाकल एकेडेमी नयाँ विचारलाई प्रवद्र्धन गर्दै असाधारण व्यावसायिक दक्षतासहितको दीर्घकालीन ज्ञानको विकास गर्ने उद्धेश्यसहित अगाडि बढेको शैक्षिक संस्था हो ।

मूल्यमा आधारित समग्र शिक्षण र सिकाइ अभ्यासमार्फत उच्चतम स्तरको शिक्षा प्रदान गर्ने लक्ष्य राखेको यो एकेडेमी विद्यार्थीहरूको सिर्जनात्मक क्षमतालाई अन्वेषण गर्ने र उद्यमशील बनाउँदै विश्व बजारमा अब्बल सावित गराउन उपयुक्त शैक्षिक संस्था सावित हुँदै आएको छ । कडा परिश्रमबाट सामाजिक रूपमा उत्तरदायी नागरिक बनाउने र करियरका विविध अवसरहरूमा पहुँच प्राप्त गर्न आवश्यक सीपहरू प्रदान गर्ने उदेश्य यो कलेजको छ । पिनाकल एकेडेमी देशैभरको एक अग्रणी शैक्षिक संस्थाका रुपमा पृथक पहिचान बनाउन सफल छ ।

फराकिलो शैक्षिक कार्यक्रम र परिणाममुखी पठनप्रणाली मूल विशेषता रहेको पिनाकल हरेक वर्ष प्रत्येक संकायमा उत्तिकै उत्कृष्ट नतिजा हासिल गर्न सक्षम छ । विद्यालय तहदेखि स्नातकसम्म विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको पिनाकलमा कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन, कानुन र मानविकी संकायमा पठनपाठन हुँदै आएको छ ।

Logo