काठमाडाैं । विगत डेढ दशकदेखि नेपालमा अन्तर्राष्ट्रियस्तरको होटल व्यवस्थापन शिक्षा प्रदान गर्दै आएको राजधानीको मण्डिखाटारस्थित ग्लोबल एकेडेमी अफ टुरिजम एन्ड हस्पिटालिटी एजुकेसन (गेट कलेज) को दीक्षान्त समारोह सम्पन्न भएको छ ।
गेट कलेजले टेफ कोर्स सम्पन्न गरेका ८औँ ब्याचका विद्यार्थीहरुलाई दीक्षित गरेको हो ।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा अष्ट्रेलियाली दूतावासका नियोग उपप्रमुख ग्रेग क्लेम उपस्थित थिए । यसैगरी अन्य अतिथिहरुमा भ्वाइस अफ सेफ विक्रम गिरी, गेट कलेजका सीईओ खेम आर लकाई, दिग्गज सेफ गोबिन्द नरसिंह केसी, बुढानिलकण्ठ नगरपालिका वडा नंबर ९ का वडा अध्यक्ष सुमित्रा त्रिपाठी पाण्डे र गेट कलेजका सल्लाहकार बोर्डका अध्यक्ष डाक्टर गणेश गुरुङ र विद्यार्थी तथा अभिभावकहरुको बाक्लो उपस्थिती रहेको थियो ।

गेट कलेजद्धारा प्रदान गरिँदै आएको टेफ कोर्स अस्ट्रेलियाको टेफ एनएसडब्लुसँग सम्बन्धित एक वर्षे व्यावसायिक प्रशिक्षण कोर्स हो । यो कोर्सले खाना पकाउने कला र व्यावसायिक भान्सामा काम गर्न आवश्यक सीपहरू सिकाउने गर्छ । यो योग्यता अष्ट्रेलियाको सबैभन्दा सम्मानित र विश्वव्यापी रूपमा मान्यता प्राप्त पाककला योग्यतामध्ये एक हो।
दीक्षान्त समारोहमा अष्ट्रेलियाली दूतावासका नियोग उपप्रमुख ग्रेग क्लेमले गेट कलेजसँग सहकार्य गर्न पाउदा निकै हर्षित भएको बताए । उनले दीक्षित विद्यार्थीहरुलाई बधाई पयर्टनको उच्च सम्भावना बोकेको नेपालमा अझै धेरै लक्जरी होटलहरु खुलेमा हस्पिटालिटी पढेका विद्यार्थीहरुले अझै धेरै अवसर पाउने विश्वास व्यक्त गरे ।

यसैगरी कलेजका सीईओ खेम आर लकाईले दीक्षित भएका सबै विद्यार्थीहरुलाई बधाई तथा भविष्यका लागि शुभकामना दिए ।
यस्तै भ्वाइस अफ सेफ विक्रम गिरीले टेफ कोर्समा दीक्षित भएका विद्यार्थीहरु संसारको जुनसुकै स्थानमा गएपनि जागिरको समस्या नहुने विश्वास दिलाए । उनले सेफ हुँदाको आफ्नो अनुभवहरु पनि विद्यार्थीहरुसँग साटेका थिए ।

बुढानिलकण्ठ नगरपालिका वडा नंबर ९ का वडा अध्यक्ष सुमित्रा त्रिपाठी पाण्डेले नेपालमा केही हुन सक्दैन नेपालमा केही हुन सक्दैन भन्ने भाष्य निमार्ण भएको समयमा गेट कलेजले नेपालमै गरी खाने शिक्षा दिएकोमा कलेज परिवारलाई धन्यबाद दिइन् ।
अध्यक्ष पाण्डेले स्थानीय सरकारले गर्न नसकेका शिक्षा सुधारका कार्यहरु गेट कलेज जस्ता निजी संस्थाहरुले गर्दै आएकोमा आभार व्यक्त गरिन् ।





























प्रतिक्रिया