काठमाडौंको आयोजनामा प्रतिष्ठित अन्तरकलेज व्यापार महोत्सव बीजबज २०२५ सम्पन्न

काठमाडौंको आयोजनामा प्रतिष्ठित अन्तरकलेज व्यापार महोत्सव बीजबज २०२५ सम्पन्न

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । काठमाडौं इन्टरनेशनल कलेज अफ इन्जिनियरिङ्ग एन्ड म्यानेजमेन्टमा आयोजना भएकाे प्रतिष्ठित अन्तरकलेज व्यावसायिक महोत्सव बीजबज २०२५ को सफलतापूर्वक सम्पन्न भएकाे छ ।

५००० भन्दा बढी सहभागी रहेकाे महोत्सवकाे ८ वटा प्रतिस्पर्धी कलेजहरु, र १० वटा आकर्षक उप-प्रतिस्पर्धाहरुका साथ, बीजबज २०२५ नवप्रवर्तन, नेतृत्व र उद्यमशीलताको उत्कृष्टताको प्रतीक हाे ।

कार्यक्रममा नेपालका उज्वल युवा प्रतिभाहरु, प्रतिष्ठित शिक्षकहरु, उद्योग क्षेत्रका अग्रजहरु र रचनात्मक पेशेवरहरु एक स्थानमा भेला भए। पिच ट्याङ्क, बोर्डरूम ब्याटल्स, सम्झौता रन, र नयाँ रिसोल्यूशन, ग्राफीट पाईरेटस, थिङ्क एण्ड टक लगायतका प्रतिस्पर्धाहरूमा सहभागीहरूले आफ्नो सिर्जनात्मकता, रणनीति र सहकार्यको सीमा धकेल्दै अद्भुत क्षमता प्रस्तुत गरे।

प्राइम कलेज समग्र विजेता (ओभरअल च्याम्पियन) बन्यो, जसले विभिन्न प्रतिस्पर्धाहरूमा उत्कृष्ट प्रदर्शन देखायो, भने शंकरदेव क्याम्पस रनर-अपको स्थानमा रह्यो, तीव्र विश्लेषण र टोली कार्यका लागि निर्णयकहरुको प्रशंसा पायो। नेपाल कमर्स क्याम्पसले तेस्राेको उपाधि जित्दै थप दुई विशेष सम्मान पनि प्राप्त गरेकाे थियाे ।

समापन समारोहमा काठमाडौंको प्रिन्सिपल डा. राजेन्द्र कुमार पोखरेलले भने, “बीजबज २०२५ मात्र प्रतियोगिता होइन– यो विचार, टोलीकार्य र भविष्य नेतृत्वको उत्सव थियो। हामी सबै सहभागी, स्वयंसेवक र प्रायोजकहरुप्रति अत्यन्तै गर्व गर्छौ, जसको प्रयासले यो कार्यक्रम सफल बनायो।”

Logo