काठमाडौं । उद्योग तथा वाणिज्य विभागका महानिर्देशक कुमार प्रसाद दाहालले १० हजार शैक्षिक परामर्श संस्थामध्ये झन्डै नौ हजार संस्थाहरु दर्ता बिना सञ्चालनमा रहेको बताएका छन् ।
इक्यानद्वारा आयोजित ‘वाणिज्य विभागको अनुगमनः शैक्षिक परामर्श क्षेत्रमा सुधारका चुनौति र अवसरहरु’ अन्तर्क्रिया कार्यक्रममा उनले झन्डै नौ हजार संस्थाहरु अनुमति विना नै सञ्चालित भएको भन्दै बजार यसरी नै सन्चालन हुँदै जाने हो भने उपभोक्ता बाटोमा आउनसक्ने बताएका हुन् ।
उनले भने, ‘यदी बजार यसरी नै सञ्चालन हुँदै जाने हो भने सही उपभोक्ता बाटोमा आउन सक्ने सम्भावना हुन्छ । अहिले त विभाग मात्र अगाडि निस्केको छ । उपभोक्ता यस विषयमा धेरै आक्रोशित छन् । अहिले १० हजार शैक्षिक परामर्श संस्था मध्ये झन्डै नौ हजार संस्थाहरु देशभित्र दर्ता बिना र अनुमति विना नै सन्चालित भएका छन् ।’
अनुमति लिएका र लिने प्रक्रियामा रहेका साथै अनुमति पनि नलिएका संस्थाहरु रहेको उनले उल्लेख गरे । यस्तै, उनले शैक्षिक परामर्श संस्थाहरुलाई शाखा खोल्ने अधिकार कुनै कानुनले पनि नदिएको बताए ।































प्रतिक्रिया