काठमाडाैं । प्रिमियर इन्टरनेशनल आईबी कन्टिनम स्कुलका विद्यार्थीहरूले बैङ्ककमा सम्पन्न वर्ल्ड स्कलर्स कप २०२५ को ग्लोबल राउन्डमा ऐतिहासिक सफलता हात पारेका छन्।
कूल १० जना विद्यार्थीयुक्त प्रिमियरको टोलीले ९ गोल्ड र ३९ सिल्भर पदक जित्दै, येल विश्वविद्यालयमा हुने प्रतिष्ठित टुर्नामेन्ट अफ च्याम्पियन्स २०२५ मा आफ्नो स्थान सुरक्षित गरेका छन्।
यस यात्राको नेतृत्व गरेकी कक्षा ११ की श्रुति श्रेष्ठले नेपाली शैक्षिक इतिहासमा ऐतिहासिक अध्याय कोर्दै तीन महत्वपूर्ण सम्मान एकैसाथ जितिन्—ग्लोबल च्याम्पियन स्कलर, जेएसी खोर अवार्ड रवर्ल्ड स्कलर्स कप हल अफ फेममा स्थान बनाउने नेपालकै पहिलो विद्यार्थी बनिन्। उनले एक्लै ११ वटा स्वर्ण र ४ वटा रजत पदक जित्दै आफ्नो बेजोड प्रतिभा प्रस्तुत गरिन्।
श्रुतिसँगै अन्य नौ विद्यार्थीहरूको प्रदर्शन पनि अतुलनीय रह्यो।
गरिमा रञ्जित (कक्षा १२) – १ स्वर्ण, ७ रजत
सान्वी उपाध्याय (कक्षा १०) – १ स्वर्ण, ४ रजत (नेपालको झण्डा बोकी उद्घाटन समारोहमा राष्ट्रिय प्रतिनिधित्व)
संस्कृती अधिकारी (कक्षा ९) – १ स्वर्ण, ३ रजत
बिआंका पाल (कक्षा १०) – १ स्वर्ण, ४ रजत
राचेल सापकोटा (कक्षा ९) – ३ रजत
सनातन न्यौपाने (कक्षा ७) – २ रजत
आरुष आचार्य (कक्षा ८) – २ रजत
मन्त्र पोखरेल (कक्षा १०) – २ स्वर्ण, ६ रजत
सुप्रिणा अमी अधिकारी (कक्षा १०) – १ स्वर्ण, ४ रजत

विश्वका ३० देशका ५२०० बढी विद्यार्थीहरूको भीडमा प्रिमियरकाे टोलीले ज्ञान, सिर्जनशीलता र आत्मविश्वासका साथ नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा गौरव दिलाएकाे हाे । उद्घाटन समारोहमा नेपालका लागि झण्डा बोकेर सान्वी उपाध्यायले राष्ट्रको प्रतिनिधित्व गर्नु पनि टोलीको एक गर्वको क्षण रहेकाे स्कुलकाे भनाइ छ ।

वर्ल्ड स्कलर्स कप कुनै साधारण प्रतियोगिता होइन, यो ग्लाेबल्ली रेलिभ्यान्ट विषयहरूमा डिबेट, क्रिएटिभ राइटिङ, टिम प्रब्लम सल्भिङ, र नलेज बलजस्ता एक्टिभिटिज मार्फत विद्यार्थीहरूलाई कक्षा बाहिर सोच्न सिकाउने प्लेटफर्म हो। प्रिमियरको शिक्षाशास्त्रीय दृष्टिकोण अनुसार, यस्ता अन्तर्राष्ट्रिय अवसरहरूले विद्यार्थीहरूमा लिडरसिप, क्रिटिकल थिङ्किङ र ग्लाेबल सिटिजनसिपजस्ता जीवन उपयोगी सीप विकास गराउँछन्।
बैङ्ककको सफलतामा प्रिमियरका विद्यार्थीहरूले ५३५ स्वर्ण पदक, ५११ रजत पदक र ३२ वटा ट्रफी जित्दै ग्लाेबल राउण्डको ढोका खोल्न सफल भएका थिए। अब प्रिमियरकाे टोली डिसेम्बर ८–१४ मा येल विश्वविद्यालयमा हुने प्रतियाेगितामा भाग लिन अमेरिका जाने तयारीमा छ ।





























प्रतिक्रिया