काठमाडाैं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले आयोजना गरेको एक दिने इक्यान काभ्रे एजुकेसन फेयर सुरु भएको छ ।
वैदेशिक अध्ययनका लागि जान चाहने विद्यार्थीहरूलाई शैक्षिक परामर्श दिने उद्देश्यका साथ आयोजना गरिएको एजुकेसन फेयर बनेपा पार्टी भेन्युमा बिहान १०:०० बजेदेखि सुरु भएको हो। प्रवेश निशुल्क भएको इक्यान काभ्रे एजुकेसन फेयरको उद्घाटन इक्यानका अध्यक्ष शेषराज भट्टराईले गरेका हुन् ।
अमेरिका, अस्ट्रेलिया र र क्यानडा लगायतका देशहरूमा अध्ययनका लागि जान चाहने विद्यार्थीहरूलाई सही परामर्श र मार्गदर्शन प्रदान गर्ने उद्देश्यले इच्यान काभ्रे एजुकेसन फेयर आयोजना गरिएको काभ्रे इक्यानका अध्यक्ष भुवन रायमाझीले जानकारी दिए।

अध्यक्ष रायमाझीका अनुसार काभ्रे एजुकेसन फेयरमा १७ वटा भन्दा बढी एजुकेसन कन्सल्टेन्सी र हस्पिटालिटी संस्थाहरूका स्टलहरु रहेका छन् । यद्यपि कन्सल्टेन्सी र हस्पिटालिटी बाहेक निःशुल्क स्वास्थ्य शिविरका स्टलहरु पनि इक्यान काभ्रे एजुकेसन फेयरमा राखिएका छन् ।
फेयरमा स्टल राखिएको मोडर्न एकेडेमीका संस्थापक साथै इक्यानका सदस्य रमेश श्रेष्ठका अनुसार काभ्रेमा रहेका विद्यार्थीहरूको लागि यो फेयर निकै प्रभावकारी भएको छ। सदस्य श्रेष्ठका अनुसार यसअघि काभ्रेका विद्यार्थीहरुले वैदेशिक अध्ययनमा जानुअघि शैक्षिक परामर्श लिनको लागि काठमाडौँ वा भक्तपुर नै पुग्नुपर्ने बाध्यता र समस्या रहेको थियो। यद्यपि यो एजुकेसन फेयर मार्फत भने काभ्रेमा नै विद्यार्थीहरूले सहजै शैक्षिक परामर्श लिने अवसर प्राप्त गरेका छन्।

सदस्य श्रेष्ठका अनुसार स्टल भिजिट गरिरहेका विद्यार्थीहरूले निकै सकारात्मक प्रतिक्रिया दिइरहेका छन्।
इक्यान काभ्रे एजुकेसन फेयरमा विद्यार्थीहरूको विशेषगरी प्लस टु अध्ययन समाप्त गरेका विद्यार्थीहरूको उत्साहजनक र उल्लेखनीय सहभागिता रहेको छ । विद्यार्थीहरूले हर्षित हुँदै आफूले भविष्यमा अध्ययन गर्न जान चाहने देशहरूको बारेमा शैक्षिक परामर्श लिएका छन्। साथै फेयर मा भिजिट गर्ने हजार विद्यार्थी र भिजिटरहरूले एक्सक्लुसिभ गिफ्ट ह्याम्परका साथै फिल्म टिकट पनि प्राप्त गरेका छन्।





























प्रतिक्रिया