काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) काभ्रेपलाञ्चोक शाखाले बनेपामा आफ्नो नयाँ कार्यालयको भव्य उद्घाटन गरेको छ । बनेपामा एक औपचारीक कार्यक्रमको आयोजना गरि कार्यालयको उत्घाटन गरेको हो ।
कार्यालय उद्घाटनसँगै इक्यानले वृहत शिक्षा मेला आयोजना गरी काभ्रे क्षेत्रका विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय शिक्षासम्बन्धी जानकारी समेत प्रदान गरिएको हो ।
इक्यान काभ्रे शाखाका अध्यक्ष भुवन रायमाझीले भने, ‘विद्यार्थीहरु विदेश जाने सपना लिएर आउँछन् र ति सपना पुरा गर्नका लागि इक्यान सक्षम छ । त्यसै अन्तर्गत हामीलाई विभिन्न कार्यहरु गर्नका लागि एउटा अफिस व्यवस्थापन गर्नुपर्ने थियो, त्यहि अन्तर्गत हामीले आज यो कार्यालयको अफिसको उद्घाटन गरेका छौँ, हाम्रो लागि निकै नै गर्भको विषय हो ।’
नेपाल शैक्षिक परामर्श संघको आठौं र हालसम्मको कान्छो शाखाका रूपमा काभ्रेमा यो कार्यालय संचालनमा आएको छ । काभ्रे क्षेत्रका विद्यार्थीहरूलाई सही परामर्श सेवा प्रदान गर्न इक्यान काभ्रेका ३० जना सदस्यहरुको सहकार्यमा कार्यालयकोे रुथापना भएको हो ।
त्यस्तै, शिक्षा मेलामा इक्यान काभ्रेमा आबद्ध २० वटा कन्सल्टेन्सीहरूको सक्रिय सहभागिता रहेको थियो । तीमध्ये १७ वटा कन्सल्टेन्सीहरूले आफ्ना स्टलहरू राखेका थिए । जहाँ विभिन्न अन्तर्राष्ट्रिय विश्वविद्यालय तथा कलेजका प्रतिनिधिहरू उपस्थिती रहेको छ ।
मेलामा विद्यार्थीहरुले परेका अष्ट्रेलिया, बेलायत, अमेरिका, क्यानडा, कोरिया, डेनमार्क, अस्ट्रिया, साइप्रस, फिनल्यान्ड लगायतका देशहरूबारे प्रत्यक्ष जानकारी पाउने अवसर विद्यार्थीर्हरूले पाएका छन् ।





























प्रतिक्रिया