काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) २९औं वर्षमा प्रवेश गरेको छ ।
इक्यानले आज स्थापना दिवसको अवसरमा काठमाडौंको एक होटलमा दिउँसो ३ विशेष कार्यक्रम आयोजना गरेको छ । इक्यान स्थापना दिवसको अवसरमा अध्यक्ष शेषराज भट्टराईका अनुसार ईक्यानका सदस्यहरू, शिक्षाविद्हरू, विदेशी विश्वविद्यालयका प्रतिनिधिहरू र सरकारी अधिकारीहरूको उपस्थिति रहनेछ ।
सन् १९९७ मा स्थापित इक्यानले नेपालबाट उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई विश्वसनीय र पारदर्शी परामर्श सेवा उपलब्ध गराउँदै आएको छ। संस्थाले यो क्षेत्रलाई मर्यादित बनाउन, व्यवसायीहरूको हकहितको संरक्षण गर्न र विद्यार्थी तथा अभिभावकलाई ठगीबाट बचाउन महत्वपूर्ण भूमिका खेल्दै आएको छ।
स्थापना दिवसको अवसरमा इक्यानले शैक्षिक परामर्श क्षेत्रका चुनौती र अवसरबारे छलफल गर्ने, उत्कृष्ट कार्य गर्ने व्यवसायी तथा व्यक्तित्वहरूलाई सम्मान गर्ने र सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरू गर्ने गरेको छ। यस वर्ष पनि सोही अनुरूपका कार्यक्रमहरू आयोजना गरिएको जनाइएको छ।





























प्रतिक्रिया