काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले महानगरका सबै सामुदायिक विद्यालयमा स्मार्ट कक्षाकोठा निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी दिएका छन्।
हालसम्म कुल ४९० वटा स्मार्ट बोर्ड जडान भइसकेका छन् भने बाँकी ५७० वटा बोर्डका लागि बजेट निकासा भइसकेको छ।
मेयर शाहले सामाजिक सञ्जालमार्फत दिएको जानकारीअनुसार, महानगरका ८७ वटा विद्यालयका लागि आवश्यक कुल १,०६० वटा स्मार्ट बोर्डहरू तिहारअघि नै जडान भइसक्नेछन् । यससँगै महानगरभित्रका सबै सामुदायिक विद्यालयका कक्षाकोठाहरू पूर्ण रूपमा स्मार्ट कक्षाकोठामा परिणत हुनेछन्।
स्मार्ट कक्षाकोठाको यस अभियानबाट ५३ हजारभन्दा बढी विद्यार्थीहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ । मेयर शाहले “डिजिटल शिक्षा आजको आवश्यकता” रहेको बताउँदै बालबालिकामा गरिएको लगानीले उनीहरूलाई आफ्नो विद्यालय, समाज र देशप्रति गौरव गर्न सक्ने बनाउने विश्वास व्यक्त गरे ।
यस परियोजनालाई सफल बनाउन सबैको अपनत्व र सहभागिता आवश्यक रहेको कुरामा पनि उनले जोड दिएका छन्।





























प्रतिक्रिया