शिखरतिर शिक्षान्तर (भिडियो रिपोर्ट)

शिखरतिर शिक्षान्तर (भिडियो रिपोर्ट)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं गौशाला नजिकको विजय चौकमा रहेको शिक्षान्तर स्कूल अफ म्यानेजमेन्ट यस क्षेत्रको प्रसिद्ध स्कूल हो । क्वानटिटी होइन, क्वालिटीलाई प्राथमिकतामा राखेर यस क्षेत्रमा सक्रिय शिक्षान्तरले सुनौलो जग निर्माण गरिसकेको छ । अर्थात शिक्षान्तरले सुरुका दिनमा मन्टेश्वरी, त्यसपछि प्राथमिक तह, अनि माध्यमिक तहमा उच्चकोटीको रिजल्ट दिएर आफूलाई प्रमाणित गरिसकेको छ ।

मन्टेश्वरी, प्राथमिक तह र माध्यमिक तहको अथाह ज्ञान र अनुभवको पहाडमाथि टेकेर शिक्षान्तरले यस क्षेत्रमा अर्को उचाइ थपेको छ । शिक्षान्तरले थपेको अर्को उचाइ भनेको प्लस टु हो । हो, शिक्षान्तर स्कूल अफ म्यानेजमेन्टले यस बर्षदेखि प्लस टु सुरु गरेको छ, ब्यवस्थापन विषयमा । मन्टेश्वरीवाट विकास हुँदै प्लस्टु अध्ययन अध्यापन गर्ने शिक्षान्तर मुलुककै एकमात्र शैक्षिक गन्तब्य हो ।

उत्कृष्ठ मन्टेश्वरी र प्राथमिक तह अनि चर्चित माध्यमिक तहले स्थापित गरेको शिक्षान्तरले प्लसटुमा म्यानेजमेन्ट विषय राखेर अध्ययन–अध्यापन सुरु गर्ने निर्णय गरेको हो ।

शिक्षान्तर स्कूल अफ म्यानेजमेन्टले विद्यार्थिलाई अनुकुल र सहज हुने भौतिक पूर्वाधारको विकास गरेको छ । फराकिलो क्षेत्रफल र आकर्षक बिल्डिङ यस स्कूलको उल्लेख्य पक्ष हो ।

गुणस्तरीय भौतिकपूर्वाधार र आकर्षक रिजल्ट यस स्कूलले स्थापित गरेको परिचय हो । सतप्रतिसत रिजल्ट ल्याउने शिक्षान्तर आफ्ना विद्यार्थिको सुन्दर भविश्यको सुनिस्चितताकोलागी समेत जग वनाइदिने गर्छ ।

स्पोटर्श वीक, आउटडोर र इनडोर खेलहरुको ब्यवस्थापन पनि गरिदिएको छ, स्कूलले । अतिरिक्तक्रियाकलाप तर्फ क्विज कन्टेष्टदेखि बक्तित्वकलासम्म र खेलकुदका आन्तरिक र वाहिय स्पर्धाहरुमा शिक्षान्तरले उल्लेख्य रुपमा सहभागिता जनाउने गर्छ ।

विद्यालय शिक्षाका हरेक तहमा आफूलाई प्रमाणित गर्दै अहिले प्लसटु म्यानेजमेन्टमा पाइला राखेको शिक्षान्तर भविश्य वनाउन चाहाने विद्यार्थिकालागी अब्बल गन्तब्य हुन सक्छ । पाठ्यपुस्तकमा सीमित नभइ विद्यार्थिलाई थप ज्ञानको भण्डार वितरणमा बढी विश्वास गर्ने शिक्षान्तर शैक्षिक हव बन्दै गएको कुरामा कसैको दुईमत छैन ।

 

Logo