भक्तपुर

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षा क्षेत्रमा गरिएका कुनै पनि गल्तीका लागि माफी नदिइने बताएका छन् । "/>

एसर्इईमा गल्ती गर्नेलाई कारवाही हुन्छ : शिक्षामन्त्री

एसर्इईमा गल्ती गर्नेलाई कारवाही हुन्छ : शिक्षामन्त्री

केन्द्रबिन्दु
0
Shares

भक्तपुर

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षा क्षेत्रमा गरिएका कुनै पनि गल्तीका लागि माफी नदिइने बताएका छन् । राष्ट्रिय परीक्षा बोर्डको तेस्रो वार्षिकोत्सवका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा उनले भने, “विद्यार्थीको भविष्य माथि खेलवाड गर्ने कसैलाई पनि माफी दिइने छैन ।”

एसइई परीक्षाको नतिजा प्रकाशनमा भएको त्रुटि प्रति मन्त्री पोखरेलले भने, परीक्षाका विषयलाई गोप्य राख्नु पर्नेमा यसो हुन नसकेको उल्लेख गर्दै गोप्यता भंग गर्ने र गल्ती गर्नेले कारबाहीको भागिदार बन्नुपर्छ । छानबिन समितिको प्रतिवेदन आएपछि दोषीलाई कारबाही गरिनेछ, उनले भने–“एसइईको नतिजाको त्रुटिमा प्राविधिक गल्ती भनेर पन्छिन पाइदैन, विद्यार्थीको भविष्यमा खेलबाड हुने गरी कुनै पनि काम गर्न पाइदैन ।”

मन्त्री पोखरेलले आगामी दिनमा बोर्डलाई यस्ता गल्ती नगर्न सचेत पनि गराए । घोकन्ते शैलीको पढाइ अब काम नलाग्ने भन्दै उनले विश्व बजारमा प्रतिस्पर्धा गर्ने शिक्षा आजको आवश्यकता भएकाले त्यसतर्फ अगाडि बढ्नु पर्नेमा जोड दिए ।
नागरिकबाट

Skip This
Skip This
Logo