बाल दिवसको अवसरमा खेलाडी र विद्याथीलाई सम्मान

बाल दिवसको अवसरमा खेलाडी र विद्याथीलाई सम्मान

केन्द्रबिन्दु
9
Shares

चितवन। विश्व बाल दिवसका अवसरमा कालिका नगरपालिकाले १५ जना विद्यार्थीसहित ४६ जनालाई सम्मान गरेको छ ।

जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले उनीहरुलाई बिहीबार यहाँ आयोजित एक कार्यक्रममा सम्मान गरिएको हो । कालिका नगरपालिकाका नौ वटा सामुदायिक विद्यालय र छ वटा संस्थागत विद्यालयका १५ जना विधार्थी र ३१ जना खेलाडीलाई सम्मान गरिएको हो । सम्मानस्वरुप उनीहरूलाई जनही रु पाँच हजार प्रदान गरिएको थियो ।

त्यस अवसरमा नगरप्रमुख विनोद रेग्मीले मुलुकको शैक्षिक उन्नयनका लागि संस्थागत तथा सामुदायिक विद्यालयबीच सहकार्य हुनुपर्नेमा जोड दिए । कार्यक्रममा दिइएको जानकारीअनुसार कालिका पालिकाका ११ संस्थागत र ३३ सामुदायिक विद्यालयमा १२ हजार ८०० विद्यार्थी अध्ययनरत छन् ।

Logo