‘१६औँ इक्यान मल्टिडेस्टिनेसन एजुकेसन फेयर २०२५’ सुरु, विद्यार्थीहरुको उत्साहजनक सहभागिता

‘१६औँ इक्यान मल्टिडेस्टिनेसन एजुकेसन फेयर २०२५’ सुरु, विद्यार्थीहरुको उत्साहजनक सहभागिता

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपालको सबैभन्दा ठूलो शैक्षिक प्रदर्शनी ‘१६औँ इक्यान मल्टिडेस्टिनेसन एजुकेसन फेयर–२०२५’ सुरु भएको छ । यो फेयर काठमाडौंको नयाँ बानेश्वरस्थित एभरेष्ट होटलमा बिहान साढे ९ बजेदेखि सुरु भएको हो ।

इक्यान फेयरको उद्दघाटन अध्यक्ष शेषराज भट्टराईले गरेका थिए । उद्दघाटन सत्रमा इक्यानका पूर्वअध्यक्ष प्रकाश पाण्डे, केन्द्रिय कार्यसमितीका सम्पूर्ण उपाध्यक्ष तथा पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

इक्यानले यसलाई ‘१६ औं मल्टिडेस्टिनेसन फेयर–२०२५’ भनेको छ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का अनुसार मेलामा नेपाल, भारत, बेलायत, अमेरिका, अस्ट्रेलिया, क्यानडा तथा युरोपका विश्वविद्यालय र कलेजको सहभागिता रहेको छ । यस मेलाले देश–विदेशमा उच्च शिक्षा हासिल गर्न इच्छुक विद्यार्थीलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ ।

यस वर्षको फेयरमा छात्रवृत्ति जानकारी, स्थलमै भर्नाको अवसर (स्पट एडमिसन), पाठ्यक्रम तथा आवेदनसम्बन्धी परामर्श, भिसा मार्गदर्शन, अध्ययनपछि रोजगारी अवसरबारे जानकारी र ग्लोबल माइग्रेशनबारे परामर्श प्रमुख आकर्षण रहेका छन् ।

विद्यार्थीका लागि मेलामा इंटरएक्टिभ सत्र, स्पट असेस्मेन्ट, तथा विश्वविद्यालय प्रतिनिधिसँग प्रत्यक्ष संवाद गर्ने विशेष सुविधा प्रदान गरिएको छ ।

Logo