डिल कुमारी नेपाल
शक्तिखोर,चितवन

गृहमन्त्री रामबहादुर थापा बादलले चितवनको विकट शक्तिखोर गाउँका २ चेपाङ र एक दलित बालबालिकालाई विद्यालयमा भर्ना गराएका छन् । "/>

गृहमन्त्री बादल बने ३ बालबालिकाका अभिभावक !

गृहमन्त्री बादल बने ३ बालबालिकाका अभिभावक !

केन्द्रबिन्दु
0
Shares

डिल कुमारी नेपाल
शक्तिखोर,चितवन

गृहमन्त्री रामबहादुर थापा बादलले चितवनको विकट शक्तिखोर गाउँका २ चेपाङ र एक दलित बालबालिकालाई विद्यालयमा भर्ना गराएका छन् । शक्तिखोर स्थित चतुरमुखी माध्यामिक विद्यालयमा आजोजित कार्यक्रममा उनले यसरी भर्ना गराएका हुन् ।

उनले स्थानीय शहनशिला चेपाङलाई कक्षा तीनमा , अर्जुन चेपाङलाई कक्षा ४ मा तथा अपांग दलित बालिका अञ्जना विकलाई कक्षा ५ मा भर्ना गराएका थिए । चेपाङ समुदायमा विद्यालय जाने प्रतिशत कम छन् । यो अभियानले एउटा सन्देश जाने विद्यालयका सहायक प्रधानाध्यापक पूर्ण पुरीले बताए । तीन बालबालिकालाई भर्ना गराएपछि आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री थापाले शान्ति सुरक्षामा मन्त्रालयले कुनै कसर बाँकी नराख्ने बताए । उनले स्थानीय क्षेत्रमा सुरक्षामा कुनै कमजोरी भएको देखिएमा केन्द्रबाट हस्तक्षेप गरेरै भएपनि सुरक्षा प्रदान गर्ने बताए ।

उनले कार्यक्रममा बोल्दै अब द्रुत गतिमा विकास गर्नु जरुरी भएको उल्लेख गरे । आज चितवनका विभिन्न कार्यक्रममा सरिक भएका गृहमन्त्री थापाले उक्त कार्यक्रममा भने, ‘अब हाम्रा अगाडी नयाँ कार्यभार छन्, त्यो भनेको विकासको कार्यभार हो ।’ उनले विदेशमा भौतारिरहेका युवाहरुलाई स्वदेश फर्काउने चाहना सरकारको रहेको समेत बताए । यसका लागि देशलाई समृद्धिको शिखरमा पुर्याउनु पर्नेमा जोड दिए ।

अज्ञानताले देशको सेवा र विकास गर्न नसक्ने भन्दै गृहमन्त्री थापाले देशको विकासका लागि शिक्षा अपरिहार्य भएको बताए । शिक्षाको चेतना दिन उनले सबैलाई आग्रह गरे । सो अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामध्वज डल्लाकोटीले विद्यालयका समग्र समस्याका विषयमा जानकारी गराएका थिए ।

 

Skip This
Skip This
Logo