काठमाडौं । काठमाडौंको बानेश्वरमा ज्ञानश्री स्कुलको औपचारिक उद्घाटन भएको छ ।
आज एक भव्य समारोहका बीच युरो स्कुल छाउनी र काठमाडौं मोडेल कलेज (केएमसी) बागबजारको लामो समयदेखिको शैक्षिक उत्कृष्टताको अनुभवलाई एकीकृत गर्दै ज्ञानश्री स्कुल स्थापना भएको हो । यो स्कुल पूर्ण रूपमा विद्यार्थीकेन्द्रित पूर्वाधारसहित तयार पारिएको छ ।
ज्ञानश्री स्कुलकी निर्देशक सदीक्षा श्रेष्ठका अनुसार यो केवल एउटा स्कुल होइन, बरु बालबालिकाको बौद्धिक, शारीरिक, भावनात्मक र रचनात्मक विकासलाई एकैसाथ अघि बढाउने एउटा समग्र शैक्षिक परियोजना हो ।
यस स्कुलले आगामी वैशाखको दोस्रो हप्ताबाट नर्सरीदेखि कक्षा ७ सम्मको पढाइ सञ्चालन गर्ने तयारी गरेको छ । भर्ना प्रक्रिया भने पहिले नै खुलिसकेको छ । विद्यार्थीहरूको पढाइ र अतिरिक्त क्रियाकलापलाई समान महत्व दिँदै यहाँ अन्तर्राष्ट्रिय स्तरको क्याम्ब्रिज इन्टरनेसनल पेडागोजीलाई राष्ट्रिय पाठ्यक्रमसँग मिसाएर पढाइने छ । यसले विद्यार्थीलाई स्थानीय जडसँगै विश्व बजारमा प्रतिस्पर्धी बनाउने लक्ष्य राखेको छ ।

अनुभवी शिक्षक टोली, हावा–बत्ती भएको स्पेसियस कक्षा कोठा, बालमैत्री वातावरण, सुरक्षित क्याम्पस र पौष्टिक खाना जस्ता सुविधाहरूसँगै यो स्कुलले अभिभावक र विद्यार्थीलाई एउटा पूर्ण रूपमा सुरक्षित र प्रेरणादायी ठाउँ दिने प्रतिबद्धता गरेको छ ।
उद्घाटन समारोहमा आज अभिभावक, बालबालिका र शुभचिन्तकहरूको उल्लेखनीय सहभागिता रहेको थियो । गेम स्टल, फेस पेन्टिङ, आट्र्स एन्ड क्राफ्ट्स, खाना स्टल र लाइभ परफर्मेन्ससहितको परिवारमैत्री कार्यक्रमका बीच विद्यालय भ्रमण पनि आयोजना गरिएको थियो ।

































प्रतिक्रिया