केएमसीद्वारा विश्व सामाजिक कार्य दिवस २०८२ भव्य रूपमा सम्पन्न

केएमसीद्वारा विश्व सामाजिक कार्य दिवस २०८२ भव्य रूपमा सम्पन्न

केन्द्रबिन्दु
168
Shares

काठमाडौं । काठमाडौं मोडेल कलेजको आयोजनामा ‘विश्व सामाजिक कार्य दिवस २०८२’ विभिन्न रचनात्मक कार्यक्रम र उच्चस्तरीय नीति संवादका साथ भव्य रूपमा सम्पन्न भएको छ।

त्रिभुवन विश्वविद्यालयको द्वन्द्व, शान्ति तथा विकास अध्ययन विभागसँगको सह-आयोजना तथा युडब्लुएस नेपाल, चाइल्ड नेपाल, हामी दाजुभाइ, स्वतन्त्रता अभियान नेपाल र यूवालयको सहकार्यमा चैत ३ गते विशेष समापन समारोह र नीति संवाद आयोजना गरिएको थियो। “सामाजिक सद्भाव, एकताबद्ध तथा समावेशी समाज प्रवर्द्धनका लागि नीति संवाद” शीर्षकमा केन्द्रित सो कार्यक्रमले सामाजिक न्याय र समानताका मुद्दाहरूलाई प्रखर रूपमा उठाएको छ।

सामाजिक कार्य र मनोविज्ञान विषयका विद्यार्थीहरूले महिनाभरि समुदायमा आधारित विभिन्न कार्यक्रमहरू सञ्चालन गरेका थिए।

सामाजिक कार्य तथा मनोविज्ञान कार्यक्रमका विद्यार्थीहरूले महिनाभरि समुदाय केन्द्रित विविध कार्यक्रमहरू सञ्चालन गर्दै सामाजिक उत्तरदायित्व र समावेशी विकासप्रतिको आफ्नो गतिविधिहरु पनि गरेका थिए। सो अवसरमा सामाजिक कार्य क्षेत्रका विज्ञहरूले सामाजिक सेवा केवल संस्थागत परियोजनामा सीमित नभई सूक्ष्मदेखि स्थूल तहसम्म र व्यक्तिगतदेखि व्यापक सामाजिक संरचनासम्म व्यवहारमा उतार्नुपर्ने आवश्यकता औँल्याएका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै कलेज प्रमुख सुरेन्द्र सुवेदीले व्यवहारिक तथा प्रयोगात्मक शिक्षाको महत्त्व औँल्याउँदै शिक्षा समाज रूपान्तरणको प्रभावकारी माध्यम भएको बताए। उनले परिवर्तनशील समाजमा विद्यार्थीहरू परिवर्तनका प्रमुख वाहक भएको उल्लेख गर्दै यस्ता कार्यक्रमहरूले उनीहरूलाई यथार्थपरक अवस्था बुझ्न र सामाजिक समस्याको समाधान खोज्न सक्षम बनाउने बताए।

कलेजको आन्तरिक गुणस्तर प्रत्यायन प्रमुख ध्रुव प्रसाद तिमल्सेनाले यस्ता कार्यक्रमहरू औपचारिकतामा सीमित नभई सरोकारवालाहरूलाई सचेत गराउँदै नीति निर्माण प्रक्रियामा सक्रिय सहभागिताका लागि प्रेरित गर्ने माध्यम भएको धारणा व्यक्त गरे। उनले समावेशिता, सामाजिक सद्भाव, समानता र न्याय जस्ता संवैधानिक मूल्यहरूको सुनिश्चिततामा यस्ता पहलहरूको भूमिका महत्त्वपूर्ण हुने बताए।

बिए तथा बिबिएसका कार्यक्रम प्रमुख एलिसराज राजोपाध्याले यस्ता संवादहरूले विद्यार्थीहरूको सामाजिक मुद्दाप्रतिको बुझाइ अभिवृद्धि गर्दै उनीहरूलाई अर्थपूर्ण सहभागिता र सुधारका लागि मार्गनिर्देशन प्रदान गर्ने बताए।

सामाजिक कार्य विभाग प्रमुख अमित राज श्रेष्ठका अनुसार कार्यक्रममा विभिन्न क्षेत्रका विज्ञहरूको सहभागिताले युवाहरूले समाजमा सद्भाव, समानता र न्याय प्रवर्द्धनमा खेल्न सक्ने भूमिकामाथि सार्थक छलफल भएको थियो।

कार्यक्रमको सुरुवातमा त्रिभुवन विश्वविद्यालय अन्तर्गतको द्वन्द्व, शान्ति तथा विकास अध्ययन विभाग प्रमुख पिताम्बर भण्डारीले कार्यक्रमको उद्देश्य र औचित्यमाथि प्रकाश पार्नु भएको थियो । कार्यक्रममा चर्चित आरोही तथा फोटो पत्रकार पुर्णिमा श्रेष्ठले सगरमाथाको पाँच पटकको सफल आरोहणसहित आफ्ना प्रेरणादायी अनुभवहरू बारे चार्चा गर्नु भएको थियो ।

अन्य विशिष्ट वक्ताहरूमा डा. मीना पौडेल, सुश्री ऋतु भट्ट राई, श्री अशोल सिवाकोटी, जेन–जे प्रतिनिधि प्रतीश श्रेष्ठ, श्री अविनाश झा, सुश्री प्रियंका कपर, श्री चुप बहादुर थापा र सुश्री मनोरमा सुनुवार रहेका थिए।

कार्यक्रम दुई सत्रमा विभाजित थियो। पहिलो सत्र “सामाजिक कार्य र शान्ति निर्माणसम्बन्धी नीति संवाद” सुश्री ओजस्वी शाहले सञ्चालन गरेकी थिइन् भने दोस्रो सत्र “विविधतामा एकता र समावेशी समाजसम्बन्धी नीति संवाद” बीए दोस्रो वर्षकी छात्रा सुश्री अनोमा सिंहले सञ्चालन गरेकी थिइन्।

उक्त कार्यक्रम काठमाडौं मोडेल कलेजा कलेज व्यवस्थापन समितिका अध्यक्ष तथा केएमसी एजुकेसनल नेटवर्कका अध्यक्ष रामेश्वर अर्यालको सभापतित्वमा सम्पन्न भएको उक्त कारक्रममामा नागरिक समाज, विकास साझेदार संस्था, निजी क्षेत्र तथा विद्यार्थीहरू गरी २०० भन्दा बढी सहभागीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो, जसले महिनाभर सञ्चालन भएका गतिविधिहरूमा सक्रिय सहभागिता जनाएका थिए।

Skip This
Skip This
Logo