हिमालय कलेज अफ इन्जिनियरिङलाई ‘क्यूएए’ प्रमाण-पत्र प्रदान

हिमालय कलेज अफ इन्जिनियरिङलाई ‘क्यूएए’ प्रमाण-पत्र प्रदान

केन्द्रबिन्दु
531
Shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त हिमालय कलेज अफ इन्जिनियरिङले विश्वविद्यालय अनुदान आयोगबाट संस्थागत गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्यूएए) प्रमाण-पत्र प्राप्त गरेको छ। विश्वविद्यालय अनुदान आयोगको कार्यालयमा आज आयोजित एक औपचारिक समारोहका बीच कलेजलाई सो प्रतिष्ठित प्रमाण-पत्र प्रदान गरिएको हो।

उक्त प्रमाण-पत्रले हिमालय कलेज अफ इन्जिनियरिङको शैक्षिक गुणस्तर, सुशासन, शिक्षण-अध्ययन प्रणाली, अनुसन्धान, विद्यार्थी सेवा तथा निरन्तर सुधारप्रतिको प्रतिबद्धतालाई आधिकारिक रूपमा राष्ट्रिय मान्यता दिएको छ। विश्वविद्यालय अनुदान आयोग, त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरू र गुणस्तर निर्धारण क्षेत्रका विज्ञहरूको विशेष उपस्थिति रहेको उक्त कार्यक्रममा कलेजका निर्देशकहरू, प्राचार्य, उप-प्राचार्य, शिक्षक, कर्मचारी तथा विद्यार्थी प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

समारोहमा बोल्दै हिमालय कलेज अफ इन्जिनियरिङका प्राचार्य डा. रबिन्द्र राज गिरीले विश्वविद्यालय अनुदान आयोग र गुणस्तर सुनिश्चितता तथा प्रत्यायन समीक्षा टोलीप्रति आभार व्यक्त गरे । उनले यो सफलता प्राप्त गर्न प्रत्यक्ष र अप्रत्यक्ष रूपमा योगदान पुर्‍याउने सम्पूर्ण शिक्षक, कर्मचारी, विद्यार्थी र सरोकारवालाहरूलाई धन्यवाद दिँदै यो प्रमाण-पत्रले कलेजलाई आगामी दिनमा अझ बढी उत्तरदायी र प्रतिस्पर्धी इन्जिनियरिङ शिक्षा प्रदान गर्न ऊर्जा थपेको बताए ।

संस्थागत गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रमाण-पत्र प्राप्त गरेसँगै कलेजले आफ्नो शैक्षिक कार्यक्रमको स्तरवृद्धि गर्ने योजना बनाएको छ। कलेजले आगामी दिनमा अनुसन्धान तथा नवप्रवर्तनलाई प्रवर्द्धन गर्ने, उद्योग र शैक्षिक क्षेत्रबीचको सहकार्यलाई विस्तार गर्ने तथा विद्यार्थी केन्द्रित शैक्षिक वातावरणलाई थप सुदृढ बनाउँदै लैजाने प्रतिबद्धता समेत व्यक्त गरेको छ।

Skip This
Skip This
Logo