काठमाडौं । विराटनगरस्थित अरनिको आवासीय सेकेन्डरी स्कुललाई यस वर्षको ‘आउटस्ट्यान्डिङ पर्फर्मेन्स अवार्ड’ प्रदान गरिएको छ ।
केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिको आयोजनामा हुन गइरहेको ‘चौथो संस्करणको केन्द्रबिन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्ड २०८३’ अन्तर्गत अरनिकोलाई उक्त विधाबाट सम्मानित गर्ने निर्णय भएको हो। शैक्षिक गुणस्तर, उत्कृष्ट नतिजा तथा विद्यार्थीको सर्वाङ्गीण विकासमा पुर्याएको उल्लेखनीय योगदानको मूल्यांकन गर्दै उक्त स्कुललाई सम्मान गर्न लागिएको हो ।
अरनिको आवासीय सेकेन्डरी स्कुलले विगतदेखि नै अनुशासित शैक्षिक वातावरण, दक्ष शिक्षक टोली तथा आधुनिक शिक्षण पद्धतिमार्फत आफूलाई उत्कृष्ट शैक्षिक संस्थाका रूपमा स्थापित गर्दै आएको छ । विद्यालयले शैक्षिक उपलब्धिसँगै अतिरिक्त क्रियाकलाप, नेतृत्व विकास तथा नैतिक शिक्षालाई पनि समान प्राथमिकतामा राख्दै आएको बताइएको छ ।
कोशी प्रदेशको उत्कृष्ट शैक्षिक गन्तव्य, अरनिको सेकेण्डरी स्कुल
विद्यार्थीमैत्री वातावरण, प्रभावकारी व्यवस्थापन तथा अभिभावकको विश्वास जित्न सफल भएकै कारण अरनिको आवासीय सेकेन्डरी स्कुल शिक्षा क्षेत्रमा एक भरोसायोग्य नामका रूपमा परिचित बन्दै गएको छ ।
अरनिकोले विशेषगरी विज्ञान विषयमा प्लस टु अध्ययन खोजिरहेका विविध पृष्ठभूमि भएका विद्यार्थीहरूलाई गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ। यस विद्यालयले विद्यार्थीको बौद्धिक विकासका साथै उनीहरूको व्यक्तित्वको पूर्ण विकासलाई मूल लक्ष्य बनाएको छ। स्कुलले खेलकुद र अन्य अतिरिक्त क्रियाकलापहरू बीच सन्तुलन कायम गर्दै विद्यार्थीहरूलाई भविष्यको जिम्मेवार नागरिक बनाउन मद्दत पुर्याउँछ। अनुशासन नै जीवनको सबैभन्दा महत्त्वपूर्ण पक्ष हो भन्ने मान्यता राख्ने यस संस्थाले विद्यार्थीको सीप, योग्यता र दक्षता अभिवृद्धिमा विशेष जोड दिँदै आएको छ।
केन्द्रबिन्दु डटकमले हरेक वर्ष शिक्षा क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउने सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई छनोट गरी सम्मान गर्दै आएको छ।































