काठमाडौं । विदेश अध्ययनका अवसर, सही अध्ययन गन्तव्य छनोट, छात्रवृत्ति तथा आवश्यक तयारीबारे विद्यार्थी र अभिभावकलाई प्रत्यक्ष जानकारी प्रदान गर्ने उद्देश्यले सक्सेस एब्रोड स्टडी द्वारा आयोजित ‘सक्सेस स्कलरसिप कन्क्लेभ २०२६’ भव्य तथा सफलतापूर्वक सम्पन्न भएको छ ।
काठमाडौंस्थित सक्सेस एब्रोड स्टडीको कार्यालय परिसरमा आयोजित उक्त कार्यक्रम बिहान ११ः०० बजेदेखि दिउँसो ३ः०० बजेसम्म सञ्चालन भएको थियो । कार्यक्रममा करिब ३०० भन्दा बढी विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो। विशेषगरी हालै प्लस टु परीक्षा सम्पन्न गरेका विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति देखिएको थियो । धेरै विद्यार्थीहरू आफ्ना अभिभावकस“गै कार्यक्रममा सहभागी भएका थिए, जसले विदेश अध्ययनसम्बन्धी विषयमा परिवारको बढ्दो चासो र सचेतनालाई झल्काएको छ ।
कार्यक्रममा अमेरिका, अष्ट्रेलिया, जापान, क्यानडा, बेलायत, दक्षिण कोरीया, न्युजील्याण्ड तथा जर्मनी लगायतका लोकप्रिय अध्ययन गन्तव्यहरूबारे विस्तृत जानकारी प्रदान गरिएको थियो । विभिन्न देशका शैक्षिक प्रणाली, अध्ययन खर्च, छात्रवृत्तिका अवसर, भिसा प्रक्रिया, काम तथा अध्ययनको सम्भावना, स्नातकपछिका करियर अवसरलगायतका विषयमा अनुभवी काउन्सिलर तथा प्रतिनिधिहरूले परामर्श प्रदान गरेका थिए। सहभागीहरूले आफूलाई उपयुक्त गन्तव्य छनोट गर्न व्यक्तिगत परामर्शसमेत प्राप्त गरेका थिए ।
त्यसैगरी आईएलटीएस, पीटीई, टोफेल, जापानीज भाषालगायत विदेश अध्ययनका लागि आवश्यक विभिन्न भाषा तथा योग्यता परीक्षणको तयारीबारे विशेष जानकारी प्रदान गरिएको थियो। विशेषज्ञहरूले टेस्ट तयारीका प्रभावकारी रणनीति, अध्ययन सामग्री छनोट तथा उच्च स्कोर हासिल गर्ने उपायहरूबारे महत्वपूर्ण सुझाव दिएका थिए। यसले विद्यार्थीहरूलाई आफ्नो अध्ययन यात्राको सुरुवाती चरणमै स्पष्ट योजना बनाउन मद्दत पुगेको सहभागीहरूको भनाइ थियो।
कार्यक्रममा सहभागी विद्यार्थी तथा अभिभावकहरूले एकै स्थानमा बहुगन्तव्यसम्बन्धी जानकारी प्राप्त गर्न पाएकोमा खुशी व्यक्त गरेका थिए । विदेश अध्ययनसम्बन्धी विभिन्न जिज्ञासाको समाधान प्रत्यक्ष रूपमा पाउन सकेको र निर्णय लिन सहज भएको प्रतिक्रिया धेरै सहभागीहरूले दिएका थिए। अभिभावकहरूले पनि आफ्ना छोराछोरीको भविष्यबारे स्पष्ट दृष्टिकोण बनाउन कार्यक्रम निकै उपयोगी भएको अनुभव भएको बताएका थिए ।
कार्यक्रमभर सहभागीहरूमा उत्साहपूर्ण वातावरण देखिएको थियो । विभिन्न देशका अध्ययन अवसरबारे जानकारी लिन, विशेषज्ञहरूसँग छलफल गर्न तथा भविष्यका योजनाहरू तय गर्न सहभागीहरूले सक्रिय रूपमा सहभागिता जनाएका थिए । कार्यक्रमले विद्यार्थी, अभिभावक र शैक्षिक परामर्शदाताबीच प्रभावकारी संवादको वातावरण सिर्जना गरेको थियो ।
सक्सेस एब्रोड स्टडीले आगामी दिनहरूमा पनि यस्ता जानकारीमूलक तथा विद्यार्थी केन्द्रित कार्यक्रमहरू निरन्तर आयोजना गर्दै गुणस्तरीय शैक्षिक परामर्श सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ । आयोजकका अनुसार सही सूचना, सही मार्गदर्शन र सही तयारी नै सफल विदेश अध्ययन यात्राको आधार भएकाले यस्ता कार्यक्रमहरूलाई आगामी दिनमा अझ व्यापक बनाइनेछ ।
विद्यार्थी, अभिभावक, विभिन्न शैक्षिक संस्थाका प्रतिनिधि तथा सम्पूर्ण सहभागीहरूको उत्साहजनक उपस्थितिले सक्सेस स्कोलारशीप कन्क्लेभ २०२६ लाई एक सफल, प्रभावकारी, जानकारीमूलक र स्मरणीय कार्यक्रमका रूपमा स्थापित गरेको आयोजकले जनाएको छ । साथै यस कन्कलेभमा सहभागी भएका बिद्यार्थीहरुलाइ भाषा तयारी कक्षामा शत्प्रतिशत सम्म छात्रविृत्ति प्रदान गरिने आयोजकले जनाएको छ ।





























प्रतिक्रिया