सिल्भर माउन्टेनको २०औँ दीक्षान्त समारोहबाट ११८ विद्यार्थी दीक्षित

सिल्भर माउन्टेनको २०औँ दीक्षान्त समारोहबाट ११८ विद्यार्थी दीक्षित

केन्द्रबिन्दु
3
Shares

काठमाडौं । नेपालको हस्पिटालिटी तथा कलिनरी शिक्षामा अग्रणी संस्था सिल्भर माउन्टेन स्कूल अफ होटल म्यानेजमेन्टले आफ्नो स्थापनाको २५औँ वर्षगाँठको अवसरमा २०औँ वार्षिक दीक्षान्त समारोह भव्यताका साथ सम्पन्न गरेको छ।

ललितपुरस्थित रोयल ट्युलिपमा आयोजित उक्त समारोहमा स्नातक तहका कुल ११८ जना विद्यार्थीहरू दीक्षित भएका छन्।

दीक्षित हुनेहरूमा ‘ब्याचलर अफ आर्ट्स इन इन्टरनेशनल हस्पिटालिटी एन्ड टुरिज्म म्यानेजमेन्ट’ कार्यक्रमका १०५ जना र ‘ब्याचलर अफ आर्ट्स इन इन्टरनेशनल कलिनरी आर्ट्स’ कार्यक्रमका १३ जना विद्यार्थीहरू रहेका छन्।

कार्यक्रमको अध्यक्षता गर्दै संस्थाका संस्थापक अध्यक्ष तथा प्रिन्सिपल समीर थापाले सिल्भर माउन्टेनको २५ वर्षको गौरवशाली यात्राको स्मरण गरे । उनले विद्यार्थीहरूलाई बधाई दिँदै व्यावसायिकता, सिर्जनशीलता र इमानदारीका साथ कार्यक्षेत्रमा अगाडि बढ्न उत्प्रेरित गरे ।

समारोहका प्रमुख अतिथि एडिनबर्गस्थित क्वीन मार्गरेट विश्वविद्यालयका डेपुटी भाइस–चान्सलर प्रोफेसर रिचर्ड बटले दीक्षित विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गरे । सिल्भर माउन्टेन र क्वीन मार्गरेट विश्वविद्यालयबीचको १५ वर्ष लामो प्राज्ञिक साझेदारीको प्रशंसा गर्दै उनले यहाँका विद्यार्थीहरूले प्राप्त गरेको शिक्षा र सीप विश्वस्तरीय रहेको बताए ।

“स्वतन्त्रतासँगै जिम्मेवारी” भन्ने नाराका साथ आयोजना गरिएको उक्त समारोहमा विभिन्न विधामा उत्कृष्ट हुनेहरूलाई पुरस्कृत समेत गरिएको थियो। जसमा सुवोध गिरी र राफिया बानुले ‘डीन्स प्राइज’ प्राप्त गरे भने सुवास भट्टराईले ‘टिचिङ एक्सीलेन्स अवार्ड’ प्राप्त गरे । त्यस्तै, सबिना अधिकारी र विनिता बानियाँ वर्षको उत्कृष्ट कर्मचारीका रूपमा सम्मानित भए ।

परम्परागत धिमे बाजाको धुनका साथ सुरु भएको कार्यक्रममा पानसमा दीप प्रज्वलन, राष्ट्रिय गान, र रोचक भिडियो प्रस्तुतिहरू समावेश थिए। कार्यक्रमको अन्त्यमा विद्यार्थीहरूले ‘ह्याट्स अफ’ मनाउँदै र ‘दियो समारोह’ मार्फत आफ्नो सफलताको उत्सव मनाएका थिए। समारोहमा विद्यार्थीका अभिभावक, शिक्षाविद् र उद्योगका प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो।

परम्परागत धिमे बाजाको धुनका साथ सुरु भएको कार्यक्रममा राष्ट्रिय गान, पानसमा दीप प्रज्वलन, भिडियो प्रस्तुति र अन्त्यमा विद्यार्थीहरूले आफ्नो टोपी हावामा उडाएर खुसीयाली साटेका थिए।

Logo