काठमाडौँ । “शिक्षा सबैको लागि, पहिलो देश अनि विदेश” भन्ने मूल अभिप्रायलाई आत्मसात् गर्दै वैदेशिक अध्ययन परामर्श क्षेत्रको एक प्रतिष्ठित संस्था, ब्रिलियन्ट एजुकेशन एण्ड करियर सर्भिसेजले जेठ २४ गते (आइतबार) ‘शैक्षिक जानकारी दिवस २०२६’ आयोजना गर्दैछ। विद्यार्थी र अभिभावकहरूलाई उच्च शिक्षाको सही मार्गदर्शन उपलब्ध गराउने उद्देश्यले आयोजित यो मेला पुतलीसडकस्थित संस्थाको प्रधान कार्यालयमा बिहान १० बजेदेखि साँझ ४ बजेसम्म सञ्चालन हुनेछ।
आयोजक संस्थाका अनुसार, मेलामा अष्ट्रेलिया, आयरल्याण्ड, संयुक्त अधिराज्य (बेलायत), अमेरिका, क्यानडा, न्युजिल्याण्ड र युरोपका प्रमुख विश्वविद्यालय तथा कलेजका आधिकारिक प्रतिनिधिहरू स्वयं उपस्थित रहनेछन्। उपस्थित विद्यार्थी र अभिभावकले यी प्रतिनिधिहरूसँग प्रत्यक्ष संवाद गरी भर्ना प्रक्रिया, स्कलरसिप र भिसा आवेदनका बारेमा सत्य र तथ्यमा आधारित परामर्श प्राप्त गर्न सक्नेछन्।
सन् २००४ मा स्थापित यस संस्थाले २२ वर्षको गौरवमय यात्रामा नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र कम्पनी रजिष्ट्रारको कार्यालयबाट प्राप्त आधिकारिक इजाजतपत्र बमोजिम सञ्चालित छ। संस्थाले सेवाको मूल आधारका रूपमा उच्च कानुनी सुशासन, उपभोक्ता हित संरक्षण तथा पूर्ण पारदर्शी बैंकिङ प्रणालीलाई आत्मसात् गरेको छ। यसले नेपाल शैक्षिक परामर्श व्यवसायी संघ (ECAN) को आजीवन सदस्यताका साथै विश्वव्यापी रूपमा प्रमाणित अन्तर्राष्ट्रिय शैक्षिक सञ्जाल ICEF को सदस्य कम्पनी हुनुका साथै, ब्रिटिश काउन्सिल, पियर्सन (PTE Academic) र टोफेल (TOEFL) को आधिकारिक परीक्षा दर्ता केन्द्र (Authorized Exam Registration Centre) को जिम्मेवारीसमेत बहन गरेको छ।
राजधानी केन्द्रित मात्र नभई, ब्रिलियन्ट एजुकेशनले नेपालका प्रमुख सहरहरूमा आफ्नो पहुँच विस्तार गरेको छ। हेटौँडा, चितवन, इटहरी, धरान, झापा, धनकुटा, कावासोती, पोखरा र सुर्खेतमा रहेका आधिकारिक शाखा कार्यालयहरूबाट सेवा प्रवाह भइरहेको छ। त्यसको अतिरिक्त, छिमेकी मुलुक भारतको सिलगुडीमा समेत संस्थाको सम्पर्क कार्यालय सञ्चालनमा रही अन्तरदेशीय शैक्षिक सञ्जाललाई थप सुदृढ बनाएको छ।

कार्यक्रममा होम्स इन्स्टिच्युट (अष्ट्रेलिया), होम्स इन्स्टिच्युट (डब्लिन, आयरल्याण्ड), चिसोल्म मेलबर्न, युनिभर्सिटी अफ तास्मानिया, युनिभर्सिटी अफ द सनसाइन कोस्ट, भिक्टोरिया युनिभर्सिटी, युनिभर्सिटी अफ क्यानबेरा, स्काइलाइन इन्टरनेशनल कलेज, भिक्टोरियन इन्स्टिच्युट अफ टेक्नोलोजी (VIT), फ्युजन कलेज, अष्ट्रेलियन टेक्निकल कलेज, अष्ट्रेलियन डाटा एण्ड साइबर इन्स्टिच्युट (ADCI), एस्ट्रा इन्स्टिच्युट अफ हायर एजुकेशन तथा ATMC (न्युजिल्याण्ड) का साथै क्यानडाका प्रतिष्ठित संस्था क्वान्ट्लेन पोलिटेक्निक युनिभर्सिटी (KPU) र कोनेस्टोगा इन्स्टिच्युटलगायत बहुदेशीय शिक्षण संस्थाका प्रतिनिधिहरूबाट सही सल्लाह लिने यो सुवर्ण अवसर रहने जनाइएको छ।
त्यस्तै कार्यक्रममा अध्ययन गन्तव्यको बारेमा जानकारी दिनुको अतिरिक्त, कार्यक्रममा अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त भाषा परीक्षाहरू (IELTS, PTE Academic, TOEFL) को तयारी कक्षा सञ्चालनको ढाँचा र परीक्षा बुकिङ प्रक्रियाका बारेमा समेत सम्बन्धित आधिकारिक प्रतिनिधिहरूबाट विशेष परामर्श लिन सकिने व्यवस्था गरिएको छ।
प्रेस विज्ञप्ति जारी गर्दै संस्थाका प्रबन्ध निर्देशक राजेन्द्र बरालले शैक्षिक परामर्श क्षेत्र वस्तु किनबेच गर्ने व्यापार नभई संवेदनशील एवं सेवामुखी पेसा भएको बताए। “विद्यार्थीहरूको उज्ज्वल भविष्य हाम्रो अन्तिम गन्तव्य हो। त्यसका लागि सत्य र तथ्यमा आधारित सूचना प्रवाह गर्नु नै संस्थाको प्रमुख धर्म हो,” उनले भने।





























प्रतिक्रिया