नेपालको उच्च शिक्षामा आइआइएमएस कलेजकाे ऐतिहासिक फड्कोः एसिया–युरो सम्मेलन २०२८ को झण्डा ग्रहण

नेपालको उच्च शिक्षामा आइआइएमएस कलेजकाे ऐतिहासिक फड्कोः एसिया–युरो सम्मेलन २०२८ को झण्डा ग्रहण

केन्द्रबिन्दु
3
Shares

काठमाडौं । नेपालको उच्च शिक्षा, पर्यटन तथा आतिथ्य क्षेत्रले एउटा दुर्लभ अन्तर्राष्ट्रिय उपलब्धि हासिल गरेको छ ।

आइआइएमएस कलेजले प्रतिष्ठित ‘एसिया–युरो सम्मेलन २०२८’ को आयोजना अधिकार औपचारिक रूपमा ग्रहण गरेसँगै सन् २०२८ मा नेपालले एसिया र युरोपका प्राज्ञिक, उद्योग विज्ञ, अनुसन्धानकर्ता, नवप्रवर्तक, पर्यटन व्यवसायी, आतिथ्य क्षेत्रका अगुवा तथा नीति–निर्माताहरूको विशाल अन्तर्राष्ट्रिय जमघटको आयोजना गर्ने भएको छ ।

यो ऐतिहासिक झण्डा हस्तान्तरण समारोह एक विशेष कार्यक्रमबीच सम्पन्न भयो, जहाँ सह–आयोजक मलेसियाको प्रख्यात टेलर्स युनिभर्सिटीका प्रतिनिधिहरूको उपस्थितिमा आइआइएमएस कलेजले सम्मेलनको जिम्मेवारी विधिवत् रूपमा स्वीकार गरेका थिए । आइआइएमएस कलेजले यस ऐतिहासिक जिम्मेवारी ग्रहण गरेसँगै अर्थपूर्ण अन्तर्राष्ट्रिय सम्बन्ध सिर्जना गर्ने, भावी नेतृत्वकर्तालाई सशक्त बनाउने र नेपाललाई वैश्विक संलग्नताको विकासशील केन्द्रका रूपमा स्थापित गर्ने दीर्घकालीन दृष्टिकोण झन् सुदृढ भएको छ ।

एसिया–युरो सम्मेलन २०२८ को प्रमुख उद्देश्य शिक्षा, पर्यटन, आतिथ्य, उद्यमशीलता र उद्योग–सहकार्यमा देखापरेका पछिल्ला प्रवृत्ति, दिगो अभ्यास, नवीन विचार र वैश्विक अवसरहरूमा सार्थक बहस केन्द्रित गर्नु रहेको छ । टेलर्स युनिभर्सिटीसँगको सहकार्यमा हुन लागेको यस सम्मेलनले ज्ञान आदानप्रदान, अन्तर–सांस्कृतिक समझदारी, दीर्घकालीन साझेदारी निर्माण र अनुसन्धान विनिमयका लागि एक गतिशील मञ्च तयार पार्नेछ ।

यस संस्करणले विशेषतः अल्पविकसित तथा विकासोन्मुख मुलुकहरूमा उच्च शिक्षाको अन्तर्राष्ट्रियकरण, दिगो पर्यटन विकास, उद्यमशीलता प्रवद्र्धन र प्रविधि हस्तान्तरण जस्ता सामयिक विषयमा केन्द्रित भई कार्यपत्र प्रस्तुति, प्यानल छलफल तथा कार्यशालाहरू सञ्चालन गर्ने योजना आयोजकले सार्वजनिक गरेका छन् । दक्षिण एसियामै पहिलो पटक आयोजना हुन गइरहेको यस स्तरको भेलाले नेपाली शैक्षिक संस्थाहरूको अन्तर्राष्ट्रिय क्षमता र प्रतिस्पर्धात्मक हैसियतलाई प्रमाणित गरेको छ ।

यो उपलब्धि आइआइएमएस कलेजले अन्तर्राष्ट्रिय साझेदारी विस्तार गर्न र विद्यार्थी तथा पेसाकर्मीहरूलाई वैश्विक सिकाइका अवसर प्रदान गर्न गरिरहेको निरन्तर प्रयासको प्रतिफल हो । विगतका वर्षहरूमा आइआइएमएसले शैक्षिक पाठ्यक्रमलाई अन्तर्राष्ट्रिय अनुभवसँग जोड्न, विद्यार्थीहरूलाई विश्वव्यापी रूपले जोडिएको समाजमा सफल नेतृत्वका लागि तयार पार्न सक्रिय भूमिका निर्वाह गर्दै आएको छ ।

Logo