प्रसादी एकेडेमीमा कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूका लागि अभिमुखीकरण तथा स्वागत कार्यक्रम सम्पन्न

प्रसादी एकेडेमीमा कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूका लागि अभिमुखीकरण तथा स्वागत कार्यक्रम सम्पन्न

केन्द्रबिन्दु
6
Shares

काठमाडाैं । ललितपुरस्थित प्रसादी एकेडेमीमा कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूका लागि अभिमुखीकरण तथा स्वागत कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । कलेजमा भर्ना भएका नयाँ विद्यार्थीहरूलाई शैक्षिक वातावरण, कलेजको इतिहास र आगामी यात्राबारे जानकारी गराउने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको हो।

कार्यक्रममा प्रसादी एकेडेमीका अध्यक्ष विक्रम राईले नयाँ विद्यार्थीहरूलाई प्रसादी परिवारमा स्वागत गरे । विद्यार्थीहरूलाई सम्बोधन गर्दै उनले यो दुई वर्षको यात्रा उनीहरूको प्राज्ञिक जीवनको एउटा महत्त्वपूर्ण अध्याय हुने बताए ।

मन्तव्यका क्रममा अध्यक्ष राईले कलेज स्थापनाकालको पृष्ठभूमि स्मरण गरे । ९० को दशकमा नेपालमा उच्च शिक्षाको सीमित अवसर रहेका कारण आफूले समेत भारत गएर कक्षा ११ र १२ पढ्नुपरेको अनुभव उनले सुनाए ।

नेपाली विद्यार्थीहरू सामान्य शिक्षाका लागिसमेत बाहिरिनुपर्ने बाध्यात्मक अवस्थालाई अन्त्य गर्दै देशमै उच्च गुणस्तरको शिक्षा प्रदान गर्ने र सक्षम एवं जिम्मेवार नागरिक तयार पार्ने उद्देश्यका साथ सन् १९९८ मा प्रसादी एकेडेमीको स्थापना भएको उनले उल्लेख गरे ।

विगत २९ वर्षदेखि प्राज्ञिक उत्कृष्टतातर्फ निरन्तर प्रतिबद्ध रहेको चर्चा गर्दै अध्यक्ष राईले नेपाल सरकार र सम्बद्ध निकायहरूबाट प्रसादी एकेडेमी पाँच पटक नेपालकै उत्कृष्ट कलेजको रूपमा सम्मानित हुने एक मात्र प्लस टु संस्था रहेको जानकारी दिए । उनले कलेजले विद्यार्थीहरूलाई प्रतिस्पर्धी विश्व बजार सुहाउँदो व्यावहारिक र पाठ्यक्रममा आधारित शिक्षा दिन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।

विद्यार्थीहरूले चिकित्सा, इन्जिनियरिङ, प्रविधि, व्यवसाय, चार्टर्ड एकाउन्टेन्सी वा उद्यमशीलता जुन सुकै क्षेत्र रोजे पनि उनीहरूको सफलताका लागि कलेजको दक्ष शिक्षक र प्रशासन टोली हरसमय मार्गदर्शन गर्न तयार रहेको उनको भनाइ थियो। विद्यार्थीहरूलाई कुनै पनि किसिमको दुविधा, समस्या वा चुनौती आइपरेमा आफ्नो कार्यकक्ष सधैँ खुला रहने भन्दै उनले निसङ्कोच सहयोग माग्न आग्रह गरे ।

परिणामुखी पढाईसँगै विद्यार्थीको क्षमता विकासमा जोड दिने प्रसादी अक्सर अब्बल विद्यार्थीको रोजाईमा पर्ने गर्छ । सीमित सिटमा मात्र विद्यार्थी भर्ना गर्ने प्रसादीले कक्षा ११ र १२ मा विज्ञान र व्यवस्थापन संकाय पठनपाठन गराउँदै आएको छ । पढेका कुरा व्यवहारिक जीवन र सुदूर भविष्यका लागि पनि उत्तिकै उपयोगी हुनुपर्छ भन्ने मान्यताका साथ प्रसादीले पढाईका प्रभावकारी विधिहरु पहिल्याउने गर्छ । यसका लागि प्रसादीसँग सुयोग्य शिक्षक समूह र उत्तरदायी व्यवस्थापकिय समूह सधैं गतिशिल छन् ।

Logo