मोहनमाया मावि कोशी प्रदेशकै उत्कृष्ट सामुदायिक विद्यालयका रुपमा सम्मानित

मोहनमाया मावि कोशी प्रदेशकै उत्कृष्ट सामुदायिक विद्यालयका रुपमा सम्मानित

केन्द्रबिन्दु
1.82k
Shares

काठमाडौं । कोशी प्रदेशका सामुदायिक विद्यालयमध्ये प्रदेशकै उत्कृष्ट विद्यालयका रूपमा मोहनमाया माध्यमिक विद्यालय सम्मानित भएको छ ।

केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिद्वारा ललितपुरस्थित द प्लाजामा मंगलबार आयोजित ‘चौथो संस्करणको केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८३’ समारोहमा मोहनमाया माविलाई गुणस्तरीय शिक्षण, उत्कृष्ट शैक्षिक उपलब्धि, अनुशासित शैक्षिक वातावरण तथा विद्यार्थीको सर्वाङ्गीण विकासमा पु¥याएको उल्लेखनीय योगदानको कदरस्वरूप उक्त सम्मान प्रदान गरिएको हो।

गुणस्तरीय शिक्षालाई विशेष फोकस गर्दै अगाडि बढी रहेको यस विद्यालयमा विद्यार्थीको चाप उच्च हुँदै आएको छ । देशका सामुदायिक विद्यालयमध्ये अब्बल ठहरिएको मोहनमाया नमुना विद्यालयको रूपमा पनि परिचित छ । हजारौं विद्यार्थीले अध्ययन गर्दै आएको यस विद्यालयले विद्यार्थीको सर्वाङ्गीण विकासलाई उच्च प्राथमिकता दिएको पाइन्छ ।

केन्द्रबिन्दुले शैक्षिक क्षेत्रमा अनुकरणीय कार्य गर्ने संस्थाहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले वार्षिक रूपमा यो अवार्ड कार्यक्रम आयोजना गर्दै आएको छ ।

Logo