समृद्धि सेकेन्डरी स्कुललाई ‘बेस्ट प्लस टु अवार्ड’

समृद्धि सेकेन्डरी स्कुललाई ‘बेस्ट प्लस टु अवार्ड’

केन्द्रबिन्दु
111
Shares

काठमाडौं । काठमाडौंको बनस्थलीमा अवस्थित प्रतिष्ठित शैक्षिक संस्था समृद्धि सेकेन्डरी स्कुल यस वर्षको प्रतिष्ठित ‘बेस्ट प्लस टु अवार्ड’ बाट सम्मानित भएको छ।

केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिद्वारा ललितपुरस्थित द प्लाजामा मंगलबार आयोजित ‘चौथो संस्करणको केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८३’ समारोहमा समृद्धिलाई उक्त सम्मान प्रदान गरिएको हो।

बनस्थलीमा आफ्नै सुविधासम्पन्न भौतिक पूर्वाधारमा सञ्चालित यस स्कुलले विद्यार्थीहरूको सिर्जनशीलता र व्यवहारिक सिकाईलाई प्राथमिकता दिँदै आएको छ। कक्षा ११ र १२ मा व्यवस्थापन संकायतर्फ यस स्कुलले विशेष दख्खल राख्दछ।

विद्यार्थीहरूलाई सानै उमेरदेखि उद्यमशीलता र व्यावसायिक ज्ञान प्रदान गर्नु यसको मुख्य लक्ष्य हो। ख्यातिप्राप्त प्राज्ञिक व्यक्तित्वहरूको नेतृत्वमा हुने शिक्षणले विद्यार्थीहरूलाई भविष्यका सफल म्यानेजर र प्रोफेसनल बनाउन मद्दत पु¥याइरहेको छ।

केन्द्रबिन्दु अनलाइन मिडियाले हरेक वर्ष शिक्षा क्षेत्रमा उत्कृष्ट कार्य गर्ने संस्थाहरूलाई प्रोत्साहन र सम्मान स्वरूप यो अवार्ड प्रदान गर्दै आएको छ।

Logo